नौ दिनदेखि एक किशोरी बेपत्ता

विहीबार, ०५ असार २०७६, १९ : ३२
नौ दिनदेखि एक किशोरी बेपत्ता

अछाम । खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी नौ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् । 

रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताउनुभयो । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उहाँले बताउनुभयो । किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताउनुभयो । (रासस) 
 

प्रतिक्रिया दिनुहोस