बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

विहीबार, ०५ असार २०७६, १८ : ५९
बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

धादिङ । धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । 
मृत्यु हुनेमा भारतीय सेनाबाट सेवा निवृत्त ३८ वर्षीय शेरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । मृतककी श्रीमती गम्भीर घाइते भएकी छिन् । 

उकालो बाटोमा गाडीमाथि जान नसकेपछि गाडी चालकसमेत गाडी छाडेर झरेपछि पछाडि हटेका कारण दुर्घटना भएको र गाडीबाट यात्रुहरु भागाभाग गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।   (रासस)

प्रतिक्रिया दिनुहोस