नेपालको पूर्वी भागबाट मनसुन सुरु

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १४ : ५९
नेपालको पूर्वी भागबाट मनसुन सुरु

काठमाडौँ । नेपालको पूर्वी भागबाट मनसुन सुरु भएको छ । नेपालमा १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको हो । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी आज पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएको बताए । ‘ताप्लेजुङ, झापा, ईलाम, तेह्रथुम हुँदै मोरङसम्मै मनसुनी गतिविधिस्वरुप वर्षा भएको छ’ अर्यालले कान्तिपुरसित भने, ‘मध्य भागसम्मै मनसुनी गतिविधि देखिएको छ ।’

वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । महाशाखाले दिउँसो वरिष्ठ मौसमविद र मनसुनी गतिविधिबारे विस्तृत विश्लेषण गरी औपचारिक रुपमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस