जनकपुरमा आगालागी , ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जले

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ०९ : २६
जनकपुरमा आगालागी , ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जले

फाईल फोटो

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा आगालागी भएको छ । उतm पसलबाट  सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

राति करिब २:४० बजेको समयमा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ । ‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, खनालले  भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’

उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा आज बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए । क्षतिको पूर्ण विवरण आउन बाकी छ । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको बताइएकोे छ । 

प्रतिक्रिया दिनुहोस