लोकतन्त्र बद्नाम हुने कसैले गर्नु हुदैन : प्रम ओली

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ०७ : ११
लोकतन्त्र बद्नाम हुने कसैले गर्नु हुदैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने बताउनुभएको छ । “हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “निस्पक्षता,स्वच्छता र  पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताउनुभएको छ । “सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो“राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले कसैले गल्ती ग¥यो भन्ने ठाउँ दिन नहुने बताउनुभएको छ । “सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन 
निर्देशन गर्दछु  ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने बताउनुभएको छ । “ संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो ,प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्ष भयो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ व्यवस्था अनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं । त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ । ”
नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सृजना भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं  द्वन्द्वलाई शान्तीमा रुपान्तरण ग¥यौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले सबै खाले प्रतिकुलतालाई परास्त गरेर सहज परिस्थिती बनाएका छौं । त्यसैले अब समृद्ध नेपाल,सुखी नेपालीको  राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एकजुट भएर लाग्नु पर्दछ ।”


 

प्रतिक्रिया दिनुहोस