भारतमा पहिलो पटक लोकसभा सदस्यले लिए नेपाली भाषामा सपथ

बुधबार, ०४ असार २०७६, १३ : ५५
भारतमा पहिलो पटक लोकसभा सदस्यले लिए नेपाली भाषामा सपथ

काठमाडौं । भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् । 

लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ लिएपनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ । 

सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।  

 

WELL DONE: History Created - Sikkim MP Takes Oath in Nepali

Sikkim MP @IndraHangSubba1 today created history, by becoming the first MP in India, since Independence to take his oath in NEPALI language.
We are very proud of you Sir.

Congratulations!! #JaiGorkha #JaiHind pic.twitter.com/i6fDmwHl9D — The Darjeeling Chronicle (@TheDarjChron) June 18, 2019

प्रतिक्रिया दिनुहोस