संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, १४ : १४
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि संसदलाई सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे  पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रमुख विपक्षी दलले  अवरोध गर्दै संसदमा सम्बोधन गर्न नदिएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने भएका हुन्  ।

मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले  संसदलाई जानकारी गराउन समय लिएका थिए । प्रधानमन्त्री ओलीले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा पत्रकार सम्मेलन मार्फत  जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस