चितवन च्याम्पियनसिपः देशभक्त क्वार्टरफाईनलमा प्रवेस, हर्दि आत्माघाती गोलको सिकार

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १९ : ३८
चितवन च्याम्पियनसिपः देशभक्त क्वार्टरफाईनलमा प्रवेस, हर्दि आत्माघाती गोलको सिकार

 चितवन । देशभक्त फुटबल क्लब नवलपुर भरतपुरमा जारी पाँचौ चितवन च्याम्पियनसिप फुटबलनको सेमिफाईनलमा प्रवेस गरेको छ । सोमवार भएको तेस्रो क्वार्टरफाईनलमा हर्दि युवा समाज भण्डारा चितवनलाई ३–२ गोल अन्तरले पराजित गर्दै देशभक्त सेमिफाईनलमा प्रवेस गरेको हो ।
देशभक्तको जितमा रञ्जीत मगरले २ गोल गरेका थिए । उनले खेलको २६ औँ मिनेटमा र दोस्रो हाफको १९ औँ मिनेटमा गरी २ गोल गरे । 
उता हर्दिका लागी एक्स थापाले दोस्रो हाफको २२ औँ मिनेटमा १ गोल गरे भने विश्वास चौधरीले ३५ औँ मिनेटमा दोस्रो गोल गरे । हर्दी युवा समाजका विज्ञान चौधरीले पहिलो हाफको २४ औ मिनेटमा आत्माघाती गोल गरे । सोहि आत्माघाती उपहार गोलले हर्दि सेमिफाईनलको दावीबाट पछि हट्नुपयो । 
खेलको म्यान अफ दि म्याच देशभक्तका रञ्जीत मगर बने । यस्तै हरेक दर्शकहरुमध्येबाट गोलाप्रथा गरी एकजनालाई दिईदै आएको मोवाईल उपहार भरतपुर महानगरपालिका ११ का दिर्घ विकले पाएका छन । 
प्रतियोगिता अन्तर्गत मंगलवार सुन्धारा फुटबल क्लब काठमाण्डौँ र अविसेक चर्च रजहर भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए ।
प्रतियोगिताको सहप्रायोजक अल्फाविटा कन्सल्टेन्सीले उपाधि विजेता टिमको बारेमा सहि अनुमान गर्नेलाई विभिन्न उपहारसहित विशेष कार्यक्रम सुरु गरेको छ । विजेतालाई विभिन्न टिकेट तथा उपहार प्रदान गरीने जनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस