बुद्धिले काम गरे बुद्धिमानी, मनले काम गरे मनोमानी

खुसी जीवन जिउन मनको सर्भिसिङ आवश्यक

प्रकाश सिग्देल

आइतबार, ०१ असार २०७६, १५ : ४९
बुद्धिले काम गरे बुद्धिमानी, मनले काम गरे मनोमानी

गैंडाकोट । आजभोलि धेरै मानिसहरुले मनले काम गर्न थालेका छन् । बुद्धि भएका बुद्धिमानीहरुले पनि बुद्धिले भन्दा मनले ज्यादा काम गर्न थालेपछि मनोमानी बढ्दै गएको छ । 
मनले राम्रो नराम्रो सबै चिन्तन गर्ने र बुद्धिले त्यसलाई सत्य तथ्य पहिचान गरेर बुद्धिमतापुर्वक काम गर्नुको साटो मनको आदेश मानेर मनोमानी गर्ने प्रबृत्ति हाबी हुँदा ब्यक्ति, परिवार, समाज र राष्ट्र गलत दिशामा जान थालेकोप्रति साधकहरुले चिन्ता प्रकट गरेका छन् । 
मनलाई खराव चिन्तनबाट ग्रसित बनाउने र मनलाई शुद्धिकरण गर्न नसक्दा व्यक्तिमा सहि चिन्तन हराउदै जाने र व्यक्ति कालान्तरमा ठुलो डिप्रेसन र तनावको अवस्थाबाट गुज्रने हुदा सुखि र खुसी जिवन जिउनका लागि मनको सर्भीसिङ्गं र मनको सुद्धी आवस्यक रहेको ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रका बरिष्ठ प्रशिक्षक ब्रहमकुमार बिजयराज सिग्देलले बताउनु भयो । 
योग ध्यान साधनाबाट मनमा आउने विभिन्न विकारलाई हटाउनु पर्ने उहा बताउनु हुन्छ । बाहिरी सरिर नुहाएर सफा गरेजस्तो मन सफा गर्न योग ध्यान साधना र तपस्या आवस्यक हुने उहाको भनाई छ । जसले मानिसलाई साच्चैको जिवन जिउन सिकाउने र बाहिरी स्वार्थबाट मुत्त गराउने उहाको तर्क छ । 
साधनालाई चलन चल्तीको भाषमा योग समेत भन्ने गरिन्छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ ,कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ । खुशीको स्रोत आफैँभित्र हुन्छ । त्यहाँ सम्पर्क गर्ने अथवा जोडिने अभ्यासलाई नै योग साधना भएको प्रशिक्षक राजु घलेले बताउनु भयो । 
साधनाबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायतका सकारात्मक गुणको विकास हुने उहाकोतर्क छ । 
चितवन र नवलपुरका ३ दर्जन बढि पत्रकारलाई तनाव ब्यवस्थापन तालिम प्रदान गर्दै प्रशिक्षक द्धोय भाइजीहरुले पछिल्लो समय मानिसमा डिप्रेसन बढ्दो क्रममा रहेको र त्यो बाट मुक्ती पाउन हरेक दिन केहि समय योग ध्यान र साधना आवस्यक रहेको बताउनु भयो । 
आफैभित्रको खुसी नचिन्दा, हरेक दिन मानिसहरु खुसीको खोजीमा भौतारिईरहेको बताउँदै खुसीका लागि आफुले आर्फैलाई बिश्वास गर्न सक्नु पर्ने उहाहरुको सन्देश छ । घरमा मोवाईल चार्ज गरेजस्तो आफनो मन लाई पनि चार्ज गर्नु पर्ने र मन चार्ज गर्ने बिद्युत भनेकै साधना भएको तर्क उहाहरुको थियो । 
हरेक दिन साधना रुपी बिद्युतले मन , मस्तिष्क र आत्म रुपी हेड टप चार्ज गर्नु पर्ने र त्यसका केहि बिधि अनिवार्य अवलम्वन गर्नु पर्ने उहाहरुको तर्क छ । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रले १ हप्ताको कोर्स सन्चालन गरी हेड टप चार्ज अर्थात मन र मस्तिष्क सुद्धि र सकारात्मक चिन्तनको बिकास गर्दै आएकोे बिजयराज सिग्देल बताउनु हुन्छ ।
देशैभर सेवाकेन्द्रहरुमार्फत सकारात्मक चिन्तनको बिकास गर्न आफुहरु सक्रिय भएको उहाको तर्क छ । कार्यक्रममा पत्रकार महांसंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले ध्यान र साधना पत्रकारका लागि झन बढी आवस्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस