भीरबाट खसेर एक जनाको मृत्यु

शनिबार, ३२ जेठ २०७६, १८ : १४
भीरबाट खसेर एक जनाको मृत्यु

फाइल फोटो

पोखरा । जङ्गलको बाटोमा हिँड्ने क्रममा अचानक भीरबाट खस्दा आज यहाँ एक जनाको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका–७ बिसौनीडाँडाको जङ्गलको भीरबाट खस्दा सोही स्थान बस्ने ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बाटोबाट करीब ४०० मिटर तल खोल्सामा मृतावस्था भेटिएका उनको मृत्युको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस