पत्रकार गेलाङको अन्त्येष्टि

शनिबार, ३२ जेठ २०७६, १५ : ३४
पत्रकार गेलाङको अन्त्येष्टि

सुर्खेत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।   

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं को टिपरले भे८प ७६०४ नं को मोटरसाइकलमा सवार पत्रकार गेलाङ्लाई बिहान ११ः४५ बजे टिपरले ठक्कर दिँदा उहाँको घटनास्थलमै ज्यान गएको थियो । घटनापश्चात मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राखेर शव बुझ्न मानेका थिएनन् । 

शुक्रबार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सरोकाकारवालाबाट क्षतिपूर्तिका लागि पहल तथा सिफारिस गर्ने सहमति भएसँगै परिवार तथा आफन्तले शव बुझेका थिए । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय पत्रकार गेलाङ्को पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेत निवासी पत्रकार गेलाङ्का एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस