वडा कार्यालयमा चोरी

शनिबार, ३२ जेठ २०७६, १५ : ०७
वडा कार्यालयमा चोरी

राजविरज । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति  चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो । 
चोरले वडाध्यक्षको कार्यकक्षमा  राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिनुभयो । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस) 
 

प्रतिक्रिया दिनुहोस