नेपाल युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, १० : ४०
नेपाल युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे

चितवन । नेपाल युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे निर्विरोध चयन भएका छन् । 
शुक्रबार जगतपुरमामा सम्पन्न अधिवेशनले युवा उद्यमी  घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा। रामशरण महतले उद्घाटन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष निरञ्जन न्यौपानेले घिमिरेलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । 

अधिवेशनले प्रथम उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, द्धितीय उपाध्यक्षमा राजेश गौतमलाई चयन गरेको छ । सदस्यहरुमा अञ्जन शाक्य, सूर्यभक्त अधिकारी, विश्वास अधिकारी, विकास दाहाल, नविन सागर कर्माचार्य चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस