लिच्चीको कारण भारतमा ४७ बालबालिका को मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, ०९ : १८
लिच्चीको कारण भारतमा ४७ बालबालिका को मृत्यु

एजेन्सी । पछिल्लो तीन हप्तामा विहारमा दिमागी रोगका कारण झण्डै ५० बालबालिकाको मृत्यु भएको छ । मृत्युमा लिच्चीमा हुने विषाक्त पदार्थले भूमिका खेलेको देखिएको छ ।

विहारको स्वास्थ अधिकारीले विहिबार यसबारे तथ्याङ्क दिने क्रममा कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बतायो ।

जनवरी यता मुज्जफरपुरका दुई ठूला अस्पतालमा त्यस रोगका १७९ विरामी भर्ना भएका अस्पतालले बताएको छ ।

तर बालबालिकाको मृत्यु हुन थालेको भने अघिल्लो हप्ताबाट मात्र हो ।

सन् २०१३ मा इन्सेफलाइटीसका कारण उत्तर प्रदेशमा कम्तीमा पनि ३५१ मानिस मरे ।

‘यो वर्ष रोगीको संख्यामा केही वृद्धि भएको छ । यो पटक निक्कै कडा खालको तातो हावा बहेको थियो । फेरि त्यो पहिलेभन्दा लामो समय पनि रह्यो,’ राज्यका वरिष्ठ स्वास्थ अधिकारी सञ्जय कुमारले भने । रगतमा सुगरको मात्रामा एक्कासी कमी हुदाँ बालबालिकाको मृत्यु भएको राज्यका स्वास्थ विभागले बताएको छ । तिनका अनुसार त्यसमा लिच्चीले पनि भूमिका खेल्यो ।

‘अन्तर्राष्ट्रिय विज्ञले हामीलाई बताए अनुसार लिच्चीमा केही यस्ता विषाक्त पदार्थ हुन्छन् जो बालबालिकाको कलेजमा जम्मा हुन्छ । त्यसको स्वभाव अनुसार गर्मी बढ्दा ति बाहिर आउन खोज्छन् ,’ कुमारले भने ।

सन् २०१४ मा देखिएको इन्सेफ्यालोप्याथीको प्रकोपका लागि लिच्चीको सेवन पनि एउटा तत्व भएको ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलमा प्रकाशित समाचार उल्लेख छ । इन्सेफ्यालोप्याथी दिमागी विमारी वा चोट हो र यो इन्सेफलाइटीसबाट लाग्छ ।

प्रतिक्रिया दिनुहोस