‘स्वार्थ’ मा प्रधानमन्त्रीको अग्रसरता - ‘३० वर्षे’ हटाउने कसरत

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : २३
‘स्वार्थ’ मा प्रधानमन्त्रीको अग्रसरता - ‘३० वर्षे’ हटाउने कसरत

उच्च प्रहरी अधिकृतहरूको अनावश्यक दरबन्दी थप्ने ‘चलखेल’ सँगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ ।
त्यसका लागि प्रहरीमा हाल रहेको ३० वर्षे सेवा अवधिपछि अवकाश हुने व्यवस्था हटाउने कसरत भएको हो । स्रोतका अनुसार आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा अग्रसरता लिएका छन् ।

३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ । अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ ।

प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस