सिलवालको माग - ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन होस्

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : २२
सिलवालको माग - ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन होस्

किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् ।

उनले यो घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको आरोप लगाएका छन् ।

‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस