राष्ट्रिय सभा - को कहाँबाट उठे ?

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : १९
राष्ट्रिय सभा - को कहाँबाट उठे ?

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलस्थित उच्च अदालतमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएका छन् ।
नेताहरूले पत्नी, निकटस्थ र नवप्रवेशीलाई उम्मेदवार बनाएको भन्दै पार्टीभित्र असन्तुष्टि र आलोचना सुरु भएको छ ।

महिला उम्मेदवार प्रतिस्पर्धीविहीन
प्रदेश १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो प्रदेशबाट बहालवाला राज्यमन्त्रीसहित ३ महिला उम्मेदवार निर्विरोध हुने सम्भावना छ ।

महिला क्लस्टरमा ३ सिटका लागि कांग्रेसकी सरिता प्रसाईं, एमालेकी नैनकला ओझा र माओवादी केन्द्रकी बिना पोखरेलको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ की प्रसाईं कृषि विकास राज्यमन्त्री हुन् । कांग्रेस केन्द्रीय सदस्य प्रसाईं दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद थिइन् । मोरङको सुनवर्षी–१ की ओझा २०४० सालदेखि मोरङमा पार्टी राजनीतिमा सक्रिय छिन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस