पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, ०८ : ३८
पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

काठमाडौं । सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेल (डि आर)को निधन भएको छ । चितवन माडीमा रहेका पौडेलको आज विहान ६:४५ बजेको समयमा हृदयघात भएपछि स्थानिय बगौडा अस्पतालमा लैजाँदै गर्दा करिब ७ बजेतिर बाटैमा निधन भएको नेकपा प्रदेश ३ का सदस्य ओम नाथ पाण्डेले जानकारी दिए ।

पौडेल नेपालको कम्युनिष्ट आन्दोलनभित्रका इमान्दार, सरल, निष्ठावान र वैद्धिक ब्यक्तित्वका धनी रहेका थिए ।

को हुन पौडेल ?
धनिराम पौडेल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री हुन् । पौडेलका बुबा, आमा, श्रीमती, दुई जना छोरी, भाइ, बुहारी र दुई जना भतिजा छन् ।  चितवन, बघौडा, नयाँ पिपरिया स्थायी घर भएका पौडेलले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

उनी दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद थिए । पार्टी अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्री कालमा उनी शिक्षामन्त्री भएका थिए ।


 

प्रतिक्रिया दिनुहोस