अब ६५ बर्षमै ज्येष्ठ नागरिक भत्ता

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : १५
अब ६५ बर्षमै ज्येष्ठ नागरिक भत्ता

सरकारले ६५ बर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले ७० बर्षको उमेरहद घटाएर ६५ बर्षमा झार्दै यो निर्णय गरेको हो ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने परम्परा बसालेको थियो ।

त्यसपछिका सरकारले भत्ता रकम बढाउने र उमेर घटाउने क्रमलाई निरन्तर दिँदै आएका छन् ।

त्यस्तै बैठकले सरकारले भुकम्प तथा बाढीपीडितलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय पनि गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
 

प्रतिक्रिया दिनुहोस