साढे दुई सय ग्रामकी शिशु

विहीबार, ३० जेठ २०७६, २० : ०८
साढे दुई सय ग्रामकी शिशु

काठमाडौँ । भर्खर जन्मिएको शिशुको तौल कम्तीमा साढे दुई किलोग्राम हुनुपर्छ भनिन्छ। अन्यथा, शिशुको स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ। अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा अस्पतालले अत्यन्त कम वजन भएकी एक शिशु गएको डिसेम्बरमा जन्मिएको हालसालै खुलासा गरेको छ।

उनी जन्मिँदा केवल २ सय ४५ ग्रामकी थिइन्। ठूलो आकारको स्याउको तौलबराबरकी उनलाई पाँच महिना अस्पतालको गहन कक्षमा राखिएको थियो। सार्प म्यारी बर्च अस्पतालका कर्मचारीले उनको नाम सेबी राखेका थिए। उनी २३ हप्तामै जन्मिएकी थिइन्। आमाको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सिजरियन गरेर शिशुलाई निकालिएको थियो। 

पाँच महिनाको हेरचाहपछि सेबीको तौल २ किलो २ सय ग्राम भएको थियो। मे महिनाको सुरुतिर स्वस्थ र हट्टाकट्टा शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। स्नातक टोपी लगाएकी सेबी र नर्सको तस्बिरले सामाजिक सञ्जालमा चर्चा कमाएको छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस