लासमाथि कु दृष्टि लगाउँदै देवघाट क्षेत्र विकास समिति, देवघाट घिनलाग्दो घाटमा परिणत हुँदै

प्रकाश सिग्देल

विहीबार, ३० जेठ २०७६, १९ : २८
लासमाथि कु दृष्टि लगाउँदै देवघाट क्षेत्र विकास समिति, देवघाट घिनलाग्दो घाटमा परिणत हुँदै

– प्रकाश सिग्देल
चितवन । पैसा नहुने गरिव र वेशाहाराहरु देवघाटमा जल्न समेत नपाउने भएका छन् । देवघाटमा अन्तिम संस्कार गर्न चाहानेले अन्तिम संस्कारकै लागि भएपनि करिव ४ हजार जति रकम देवघाट क्षेत्र विकास समितिलाई बुझाउनु पर्नेछ । देवघाट धार्मिक आस्थाको केन्द्र हो त्यहाँ देहत्याग गर्न चाहाने र त्यही नदिको किनारमा आफ्नो शरिरको समाधी गर्न चाहानेहरु धनिमात्रै हुदैनन् गरिवहरुको चाहाना पनि देवघाटमा मर्न पाऊँ भन्ने हुन्छ । तर देवघाट क्षेत्र विकास समितिले लास जलाए वापत सरसफाइका नाममा समेत प्रति शव ५०० रुपैयाँका दरले रकम उठाएर दाहा संस्कार घाटलाई पनि कमाउने थलोको रुपमा विकास गर्दै लगेको छ ।

एक चट्टा दाउराका नाममा ३ हजार र सरसफाइको नाममा ५०० रकम उठाएर मरेको व्यत्तिबाट पनि पैसा नै असुल्ने गलत संस्कारको विकास गरी लासमाथि कु दृष्टि लगाउने काम भएको देवघाटका स्थानीयहरुले बताएका छन् । जन्मदै ऋणको भारी बोकेर आएका गरिव नेपालीले मर्दा पनि सुख नपाउने अवस्था सृजना भयो यत्रो क्षेत्र विकास समितिले देवघाटमा लास जलाए बापतको पनि पैसा असुल्नु त्यो पनि प्रति शव ५०० रुपैयाँसम्म त्यो हदैसम्मको अन्याए भएको स्थानीय बासिन्दाहरु बताउँछन् ।  
देवघाटमा पछिल्ला दिनमा बताउनै नसकिने गरी वेथिती मौलाएको  क्षेत्र विकास समितिले केही कामै गर्न नसकेको स्थानीय वासिन्दा तथा स्थानीय अगुवा झलक पौडेलले बताउनु भयो ।

दाहासंस्कार घाटमा सरसफाइका नाममा पैसा असुल्ने सरसफाइ नगरी फोहोर अस्तव्यस्त फाल्ने, फोहोर सबै नदिमा बगाउने, त्यही जलाउने, दाउराका नाममा चर्को सुल्क असुल्ने त्यसको हिसाव किताव पारदर्शी नगर्ने, मलामी तथा क्रिया पुत्रीका लागि बस्ने व्यवस्थित स्थान समेत बनाउन ध्यान नदिइ जसरी हुन्छ रकम असुल्ने काम गरेको उहाँ बताउनु हुन्छ । देवघाटमा जताततै अस्तव्यस्त फोहोर बाँदर आतंक, सार्वजनिक जग्गा अतिक्रमण लगायतका समस्यै समस्या रहेको बताउँदै वर्तमान समित समस्या समाधानमा जिम्मेवार बन्न नसकेको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले लास जलाउने ठाउँमा फोहोर अस्तव्यस्त रहेको र त्यसलाई व्यवस्थापनमा क्षेत्र विकास समितिले ध्यान दिन नसकेको बताउनु भयो । हरेक दिन घिन लाग्दो घाटका रुपमा देवघाट विकास हुँदै गएको र यो सबै पक्षको लापरवाहीको पनि पराकाष्ठा भएको उहाँ बताउनु हुन्छ । यसलाई जसरी पनि सफा राख्नुपर्ने उहाँको भनाइ छ । फोहोर व्यवस्थापन नहुँदा नदी किनार निकै प्रदुशित बनेको र यसले देवघाटकै महिमामाथि आघात पुग्ने भएकाले मलामी आएका मानिसले पनि आफूले फालेको फोहोर आफैले व्यवस्थापन गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।  

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले आफ्नो कार्यकालमा सरसफाइ शुल्क ३०० रुपैयाँ लिने गरेको र त्यसमा पनि विरोध भएपछि २५० बनाउने तयारी हँुदाहँुदै आफ्नो कार्यकाल सकिएको बताउनु भयो । वर्तमान समितिले सरसफाइ शुल्क ५०० रुपैयाँ लिने गरेको सरसफाइमा ध्यान नदिएकोे भनेर आफूलाई पनि गुनासाहरु आएको उहाँ बताउनु हुन्छ । देवघाटमा दाहासंस्कारबाट मात्रै आफ्नो कार्यकालमा खर्च कटाएर ४० लाख जति संकलन भएको र २६ लाख जति चितवन तर्फनै घाट व्यवस्थापन, चौतारा मर्मतमा खर्च गरेको र बाँकी १५ लाख जति खातामै राखेर आफू विधाई भएको उहाँ बताउनु हुन्छ । सरसफाइ शुल्कका नाममा रकम बढाउनु पर्ने अवस्था देवघाटमा नरहेको उहाँको भनाइ छ ।  देवघाटमा दैनिक १० बढि शवहरु दाहासंस्कारमा ल्याउने गरेको बताइन्छ ।

देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले घाट व्यवस्थापन विगतमाभन्दा प्रभावकारी बनाइएको बताउँदै त्यसमा रकम धेरै खर्च हुने भएकाले २०० शुल्क वृद्धि गर्नु परेको जानकारी दिनुभयो  । घाट व्यवस्थापनमा ५ जना कर्मचारी खटाइएको, फोहोर व्यवस्थापनका लागि भरतपुर महानगरको ठेकेदारलाई मासिक १० हजार बुझाउने गरेको अन्य पूर्वाधार निर्माणमा रकम लगानी भएकाले  ती सबैको व्यवस्थापनका लागि मूल्य वृद्धि गर्नु परेको उहाँ बताउनु हुन्छ । उहाँका अनुसार घाट व्यवस्थापन पहिलाभन्दा निकै प्रभावकारी बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस