अब्बललाई अवसर, कमजोर वञ्चित

पत्रपत्रिकाबाट

विहीबार, ११ माघ २०७४, ०७ : ०८
अब्बललाई अवसर, कमजोर वञ्चित

राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।

बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् ।

यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा डी प्लस र कुनै एउटामा डी वा ई ल्याउने विद्यार्थी मौका परीक्षा दिन वञ्चित हुनेछन् ।

तर, चार वटा विषयमा सीभन्दा माथि र एउटामा डी प्लस हुने विद्यार्थीले भने मौका परीक्षा दिन पाउनेछन् ।

यो व्यवस्थाले कमजोर विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । कुनै एउटा विषयमा डी प्लस वा त्यसभन्दा तल्लो ग्रेड ल्याउनेलाई मात्रै अवसर दिँदा ५१ हजार ८ सय २ विद्यार्थीले मात्रै परीक्षा दिन पाउँछन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस