मन्त्रिपरिषद बैठकको निर्णय : भूकम्प पीडितलाई थप एक लाख देखी ६५ वर्षमै वृद्धभत्ता पाइने सम्म

बुधबार, १० माघ २०७४, २० : ०४
मन्त्रिपरिषद बैठकको  निर्णय :  भूकम्प पीडितलाई थप एक लाख देखी ६५ वर्षमै वृद्धभत्ता पाइने सम्म

काठमाडौं । सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो ।

यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो । कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन् । यसबाट स्रोत जुटाउन समस्या हुने उनीहरुको भनाई छ।
बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ । बुधबारकै मन्त्रीपरिषद्को निर्णयले ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय समेत गरेको छ ।   

प्रतिक्रिया दिनुहोस