पेरिसमा हाम्रा प्रधानमन्त्रीले आज के गदैछन् सम्झौता ?

९० प्रतिशत ऋण र प्रयोग हुनासाथ १० प्रतिशत नगद भुक्तानी दिने गरी पेरिसमा स्याटेलाइट सम्बन्धि सम्झौता हुँदैछ

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, ०८ : ४७
पेरिसमा हाम्रा प्रधानमन्त्रीले आज के गदैछन् सम्झौता ?

काठमाडौं । वेलायतबाट भूमिगत रेलमा फ्रान्सको राजधानी पेरिस पुगेका प्रधानमन्त्री केपी ओलीले आज त्यहाँका समकक्षी प्रधानमन्त्री एदुवार्द फिलिप्पेसँग द्धिपक्षिय वार्ता गदैछन् । वार्ता पछि उनले दुरसञ्चार क्षेत्रसँग सम्बन्धित एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरुले बताएका छन् । 

खासमा उनले त्यहाँ गर्न लागेको सम्झौता के हो ? अहिले आम सर्वसाधारणलाई निक्कै चासोको विषय बनेको छ । यो पटकको यूरोप भ्रमणको विषय सदनलाई जानकारी नै नदिई गएको भन्दै प्रतिपक्षी सासदहरुले सदनमा कुरा उठाईरहेका बेला प्रधानमन्त्रीले यूरोपमा गर्न लागेको दुरसञ्चारसँग सम्बन्धित सम्झौतालाई लिएर अहिले अनेक टिकाटिप्पणी शुरु हुन थालेको छ ।

सरकारी पक्षले दाबी गरे अनुसार, फ्रान्सका प्रधानमन्त्री फिलिप्पेसँग प्रधानमन्त्री ओलीले आज गर्ने सम्झौतापछि नेपालको आफ्नै स्याटेलाइट हुने चर्चा नेपालमा गराईएको छ । तर खासमा हामी यो सम्झौतापछि एउटा पूरानो प्रविधिमात्र नेपालमा भित्राउदै छौं ।

गत फागुनमा फ्रान्सको टालेस अलेनिया स्पेससँग अन्तराष्टिय दुरसञ्चार संघ (आईटियु) बाट प्राप्त ‘अर्विटल स्लट’ मा भू–उपग्रह राख्ने आशयपत्रमा सञ्चारमन्त्री गोकुल बास्कोटाले सहमति गरेका थिए । त्यही आशयपत्रलाई प्रधानमन्त्री ओलीले आज त्यहाँका समकक्षी प्रधानमन्त्री फिलिप्पेसँगको छलफल पछि पूर्णता दिँदै सम्झौतापत्रमा हस्ताक्षर गदैछन् । 
यही प्रयोजनका लागि नेपालबाट सञ्चार सचिव महेन्द्र गुरुङ, दुरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल, प्रवक्ता मीनप्रसाद अर्याल र प्राविधिक विजय राय प्रधानमन्त्री जेनेभातिर उडेको भोलिपल्टै अर्थात २६ जेठमै पेरिस पुगेका थिए । 

त्यसअघि फ्रान्सबाट नेपाल आएको टिमले तीन साता काठमाडौंमा बिताउदै आज पेरिसमा दुई देशका प्रधानमन्त्रीका बीचमा हुन लागेको सम्झौताको मस्यौदा तयार पारेको थियो । भू–उपग्रहको निम्ति ९० प्रतिशत ऋण र काम शुरु हुनेबित्तिकै १० प्रतिशत नगद भूक्तानी दिनुपर्ने गरी आज सम्झौता हुँदैछ । यही भू–उपग्रह जडान गर्नेबारे रसियन कम्पनीसँग पनि वार्ता भएको थियो । उनीहरुसँग लगभग छिनोफानो भएको सहमतिलाई लटटीपटटी पार्नेमा अहिले फ्रान्स पुगेका यिनै विजय र मीनप्रसादहरु सक्रिय थिए । रसियनले प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई पावरपोइन्ट प्रिजेन्टेसन गर्दा नेपालले प्रयोग गर्ने फ्रेन्च स्याटलाइटको एन्टिनाको डायमिटर तीन देखि पाँच मिटरसम्म हुन्छ भनेका थिए । 
अर्थात, अहिलेको जमानामा प्राविधिक रुपमा त्यो उपयुक्त नभएको उनीहरुको ठहर थियो । अहिले संसारभर प्रायले त्यो प्रविधि प्रयोग गदैनन । रसियनहरुले त्यसबेला यो पनि जिकिर गरेका थिए की,–‘अहिले विकसित प्रविधिको तुलनामा त्यो काम लाग्दैन ।’
यो ५–६  मिटरको एन्टिना हाल्ने हैन, सानो डिस होमजत्रो प्रयोग गर्ने जमाना हो । उदाहरणका लागि नेपालमा मोबाइल भित्रनुअघि कर्डलेस फोनलाई अहिलको मोबाइल जस्तै मानिन्थ्यो । त्यसको एन्टेना तानेर छानामाथी पुगेपछि राम्रो नेटवर्क दिन्थ्यो । तर मोबाइलको जमानामा एन्टेनाको प्रयोग लोप भएको छ । अहिले नेपालले लिदै गरेको स्याटेलाइट त्यस्तै हो । 
प्रयोगमा रहेको डिसहोमजस्तै प्रविधिको सिग्नल वायर शून्य दशमलव ६ फिटको हुन्छ । तर ५ मिटरको एन्टेना देखायो भने प्रविधिमा अभ्यस्त विदेशीहरु कसरी हास्ने हुन् हेर्न बाकी छ । 
रसियनले किस्ताबन्दीमा भुक्तानीको प्रस्ताव राखेका थिए । दोश्रो किस्ताको ७५ प्रतिशत दिनुपर्ने र २५ प्रतिशत जहिले तिर्दा पनि हुने गरी प्रविधि भित्राईदिने भनेका थिए । तर फ्रान्ससँग ९० प्रतिशत ऋण लिएर र स्याटेलाइट प्रयोग हुनासाथ १० प्रतिशत नगद भुक्तानीको भार राज्यले ब्यहोदै छ । 
नेपालले भित्राउने आफ्नै स्याटेलाइट सञ्चालनसम्बन्धि कुनै पनि निर्देशिका, कार्यविधि र योजना तयार भएको छैन । अहिले पनि स्याटेलाइटलाई भाडा तिरेर टेलिभिजन र डिसहोमहरुले चलाईरहेका छन् । नेपालको स्याटेलाइट बजार पूर्णतः उदारिकरणमा गएको छ । सरकारले स्याटेलाइट प्रयोगकर्तालाई ‘नेपाली स्याटेलाइट नै चलाउ, स्पेश नपुगेमात्र विदेशी लेउ’ भन्नु पर्नेमा अहिलेसम्म त्यस्तो केही भनिएको छैन । 
 

प्रतिक्रिया दिनुहोस