सुन्धारा फुटबल क्लब चितवन च्याम्पियनसिपको क्वार्टरफाईनलमा प्रवेस

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १९ : ४५
सुन्धारा फुटबल क्लब चितवन च्याम्पियनसिपको क्वार्टरफाईनलमा प्रवेस

 चितवन ।  सुन्धारा फुटबल क्लब काठमाण्डौँ पाँचौ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेस गरेको छ । वुधवार भएको खेलमा रामपुर फुटबल क्लब रामपुर चितवनलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै सुन्धारा क्वार्टरफाईनलमा प्रवेस गरेको हो । 
निर्धारीत समय १ एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलीएको थियो । रामपुरका विमल तामाङले खेलको २८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 
पहिलो हाफमा एक सुन्यले पछि परेको सुन्धाराका लागी विसाल लामाले ६६ औँ मिनेटमा गोल गर्दै बराबरी गरे । त्यसपछि दुवै टिमबाट केहि मौका पाए पनि सदुपयोग गर्ननसक्दा खेल टाईबेकरमा धकेलियो । 
टाईवेकरमा सुन्धाराका गोल किप्पर रोहित कार्किले विपक्षी खेलाडीले प्राहार गरेको गोललाई विफल बनाईदिएपछि सुन्धारा क्वार्टरफाईनलमा प्रवेस गर्न सफल भएको हो । उनै कार्कि खेलको म्यान अफ दि म्याच घोषीत भए । उनले सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । 
यस्तै हरेक दिन दर्शकहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई दिईदै आएको मोवाईल उपहार भरतपुर महानगरपालिका १० का विनोद गुरुङले पाएका छन । 
प्रतियोगिता अन्तर्गत विहिवार वसन्तपुर युनाईटेड क्लब माडी चितवन र देशभक्त फुटबल क्लब नवलपुर भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए । 
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेल मैदानमा जारी खेलमा जिल्लाका ८ र जिल्ला बाहिरका ८ टिम गरी १६ टिमको सहभागिता रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस