प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १४ : १५
प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो

कास्की । पोखरामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । 
अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा स्थित एक रेष्टुरेष्टमा गोली चलेको हो । लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै दाउराले प्रहार गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।  

खुट्टामा प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् । घाइते थापाको आक्रमणमा परि प्रहरी नायव उपरिक्षक सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरीको भनाई छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । थापा लागूऔषध सम्बन्धी मुद्दामा कतारको जेलमा समेत ४ वर्ष सजाय काटिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस