विवाह गर्छु भनी पटक–पटक करणी गर्ने भण्डारी पक्राउ

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १३ : ५३
विवाह गर्छु भनी पटक–पटक करणी गर्ने भण्डारी पक्राउ

दाङ । विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको आरोपमा  एक व्यक्ति पक्राउ परेका छन् ।  
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारी पक्राउ परेका हुन् । पीडितको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

उनीमाथि गतबर्ष चैतदेखि दाङकी एक महिलालाई पे्रममा पारेर लगातर करणी गरेको आरोप लागेको छ । घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस