काग्रेसको विद्यार्थी संगठन ४ महिनादेखि नेतृत्व विहिन

तर्दथ समिति बनाउन समेत शीर्ष नेताहरुलाई सकस

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, ०९ : ०६
काग्रेसको विद्यार्थी संगठन ४ महिनादेखि नेतृत्व विहिन

काठमाडौं । प्रतिपक्षी काग्रेसको सबैभन्दा बलियो र प्रभावकारी संगठन मानिने विद्यार्थी संगठन नेविसंघ चार महिना देखि केन्द्रीय नेतृत्वविहिन अवस्थामा छ । समयाअविधभित्रै महाधिवशेन गर्न नसकेको कारण तत्कालिन अध्यक्ष नैनसिंह मरले राजीनामा दिएको चार महिना वितिसक्दा समेत काग्रेसले नेविसंघको तर्दथ समिति बनाउन नसकेको हो ।

संगठन सुढीढीकरण र सरकारको खबरदारी गर्न भन्दै राष्टिय जागरण अभियानलिएर जिल्ला हिडेको काग्रेसले पहिलो चरणको जागरण अभियान लगत्तै तर्दथ समिति बनाउने बताउदै आएको थियो । तर अहिले पहिलो चरणको जागरण अभियान सकेपनि नेविसंघको तर्दथ समिति बनाउने तिर शीर्ष नेतृत्वले चासो देखाएका छैनन । अब कहिले तर्दथ समिति बन्ने भन्ने पनि कुनै ठेगान छैन । अन्यौलता कायमै छ । काग्रेस पदाधिकारी नै यो अन्यौलता चिर्ने विषयमा टिप्पणी गर्न सक्ने अवस्थामा छैनन ।

सहमहामन्त्री डा. प्रकाशशरण महत छिटै बन्नु पर्ने पक्षमा आफु रहेपनि कहिले बन्छ भन्ने बताउन नसक्ने बताउँछन् ।‘नेताहरु जागरण अयिभानमा लाग्दा पनि ढिलो भएको हो । सभापति सबैसँग सल्लाह गरेर मात्र समिति गठन गर्ने सुरमा हुनुहुन्छ । कसैको पनि चित्त नदुखाउने पक्षमा सभापति जी (देउवा) हुनुहुन्छ । कहिले हुन्छ भन्न सकिन्न । तर म पनि चाडो हुनु पर्छ भन्नेमा छु ।’  सहमहामन्त्री डा प्रकाशशरण महतले भने ।

नैनसिंह मरले समय सकिएपछि २८ माघमा राजीनामा दिएका थिए । त्यसयता नेविसंघको केन्द्रमा नेतृत्व छैन । संगठन नै विघटनको अवस्थामा छ । १२ औं महाधिवशेन गर्न नसकी महरले राजीनामा दिएका थिए । उनको राजीनामानै चार महिना बित्न लागेपनि तर्दथ समिति गठनको चासो नेतृत्वले दिएको छैन ।

अब असार महिना सम्म पनि बन्ने संकेत देखिएको छैन । काग्रेसका प्रभावशाली नेताहरु नै असार पहिलो साता डेनमार्क भ्रमणमा निस्कन लागेकोले पनि त्यसपछि मात्र हुने सक्ने अनुमान लगाईरहेका छन् । नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने नलगाउने भन्ने विवाद पनि कायमै छ । यो विवाद पनि मिल्न सकेको छैन । नेविसंघको यही विवादका कारण चार महिना अगाडी काग्रेस केन्द्रीय कार्यालयमा प्रहरीले लाठी चार्ज पनि गर्नु परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस