खेलकुद परिषदको सदस्य सचिव बन्न आकाङ्क्षीको तिव्र लबिङ

झण्डै आधा दर्जन आकाङ्क्षीहरु नेकपाका शीर्ष नेताहरुको घरदैलो चाहार्न थाले

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, ०८ : १७
खेलकुद परिषदको सदस्य सचिव बन्न आकाङ्क्षीको तिव्र लबिङ

काठमाडौं । राष्टिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि नेकपा भित्र तिव्र लबिङ शुरु भएको छ । हालका सदस्य सचिव केशवकुमार बिष्टको कार्यकाल सकिन लाग्दै गर्दा सदस्य सचिव बन्नका लागि सत्तारुढ दलभित्रै तिव्र लविङ शुरु भएको हो ।

बिष्टको कार्यकाल यही असार ९ गते सकिदैछ । अहिले सदस्य सचिव बन्नका लागि बिष्ट समेत पूनः लबिङमा लागेका छन भने अन्यमा पिताम्वर तिमील्सना , रमेश सिलवाल, दानबहादुर तामाङ सुदिश शाहीसम्मले लबिङ शुरु गरेका छन् ।

त्यस्तै इन्दिरा निरौला , शिव कोइराला (ज्वाला), गोविन्द थापा सम्मले आकाङक्षा देखाएका छन् । यी आकङक्षीहरुले आफु निकट नेताहरुको घर दैलो पुगेर आफुलाई सलदस्य सचिव वनाउन पहल गरिदिन लविङ थालेका हुन् । यसमध्ये अहिलेका सदस्य सचिव विष्ट, रमेश कोइराला, सुदिस शाही र गोविन्द थापा अध्यक्ष केपी ओली निकट छन् ।

अहिले उपाध्यक्ष रहेका पिताम्बर तिमिल्सना भने नेता माधव नेपाल र ओली दुबैसँग सन्तुलित सम्बन्ध बनाउन खप्पिस देखिएका छन् । बिष्टले पार्टीको खेलकुद महासंघमा नेपाल निकट नेता पुरुषोत्तम पौडेल संयोजकमा नियुक्त भएपछि आफुलाई सहयोग पुग्ने विश्वास लिईरहेका छन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चर्को दबाब र पार्टी भित्रका संस्थापन पक्षको असन्तुष्टिका बाबजुत चार वर्ष अगाडी बिष्ट सदस्य सचिवमा नियुक्त हुन सफल भएका थिए ।

गफ दिन र शक्ति केन्द्रलाई रिझाउन सिपालु सदस्य सचिवले चार बर्षे कार्यकालमा आफ्नो राजनीतिक व्यक्तित्वमात्र स्थापित गरेनन्, नेपाली राजनीतिका धेरै शक्ति केन्द्रसंग गहिरो ‘हिमचिम’ बनाउन सफल रहे । सोही ‘हिमचिम’को प्रभावमा सदस्य सचिवमा दोहरिने दाउ विष्टले राखेका छन् ।

ओली , नेपाल खेमाले लविङ वढाएपछि तत्कालिन माओवादी खेमावाट पनि सदस्य सचिवका लागि लविङ वढेको छ । त्यसका लागि दानवहादुर तामाङ र शिव कोइराला ले अध्यक्ष दाहाललाई भेटी लविङ गरिरहेको स्रोतको भनाई छ ।

वर्तमान राखेपका बोर्ड सदस्य सुदील शाही देखि ईन्दिरा निरौला लगायतले सदस्य सचिव नियुक्तीमा सक्दो लबिङ गरिरहेका छन् । झापा घर भएका प्रधानमन्त्री ओली निकट तत्कालिन युवा संघ नेपालका उपाध्यक्ष गोबिन्द थापा समेत सदस्य सचिवको दाबेदारको रुपमा जोडिन आई पुगेका छन् । तर नेकपाको आन्तरिक राजनीतिक नजिकबाट बुझेका एक नेताका अनुसार, प्रधानमन्त्री ओलीले आफु निकट कुनैपनि पात्रलाई सदस्य सचिवको जिम्मेवारीमा पठाउन सक्नेछन् ।

हुन त नेपाली खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय हो । खेलकुद विकास ऐनले नै मन्त्राललको काम, कर्तब्य र अधिकारलाई नीति निर्माण तहमा मात्र केन्द्रित गरेको छ । तर घरेलु खेलकुदको कार्यकारी भुमिका राखेपले निर्वाह गर्दै आएको छ, जसको सम्पुर्ण लगाम राखेप सदस्य सचिवको हातमा हुने गर्छ । त्यही भएर पनि यो पद हत्याउन आकाक्षीहरु कम्मर कसेर लविङमा लागेका हुन् ।

राखेपको सदस्य सचिव बिशुद्व राजनीतिक नियुक्ती हो । सदस्य सचिवको नियुक्तीको अधिकार राखेपका अध्यक्ष रहेका खेलुकद मन्त्रालयका नेतृत्वकर्तालाई हुने गर्छ । खेलकुद मन्त्रालयको जिम्मेवारी तत्कालिन एमाले तर्फका जगत विश्वकर्माले गरिरहेका छन् ।

उनी आफै पनि ओली निकट भएकाले सदस्य सचिव नियुक्तिमा ओली निकटवाटै कुनैको नियुक्ति हुने चर्चा पनि खेलकुद परिषदमा हुन थालेको छ ।

आकाङक्षी को कस्ता ?

केशवकुमार बिष्ट
चार वर्ष अगाडी तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पद नै धरापमा राखेर सदस्य सचिवमा विष्टलाई नियुक्त गरेका थिए । उनी अहिले पार्टीको खेलकुद महासंघको संयोजक वनेर आएका छन् । त्यो कारण पनि विष्टले फेरी आफुलाई सदस्य सचिव दोहोरिन केही सहयोग पुग्ने विश्वास लिएका छन् । विष्ट अहिले विभिन्न शक्ति केन्द्रसंग निरन्तर लबिङ गरिहेका छन् । आफ्नो कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रुपमा सम्पन्न गर्न सफल भएको र खेलकुद पुर्वाधार र अन्र्तराष्ट्रिय सफलता हासिल गर्नमा आफुले कीर्तिमानी रचेको दलील पेश गदै दोहोरिन उनले लविङ थालेको उनी निकट ले वताउन थालेका छन् । उनी शुरुमा नेपाल निकट भएपनि अहिले ओलीसँग पनि वाक्लो हिमचिम वनाएका छन् ।

विष्टले आफ्नो कार्यकालमा शितलनिवाससंग राम्रो सम्बन्ध बनाउन सके । राखेपले आयोजना गरेका करिब दर्जन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गर्न सफल रहे । पुर्वाञ्चल नै राजनीतिक पृष्ठभुमी भएकी राष्ट्रपति भण्डारीसंगको निकटताले सदस्य सचिवमा दोहरिने विश्वास विष्टले गरेका छन् ।

पिताम्बर तिमील्सना
हालका उपाध्यक्ष रहेका तिमल्सिना सदस्य सचिवका लागि पटक पटकका दावेदार हुन । तर पनि कार्यकारी पदमा उनी पुग्न सकिरहेका छैनन । सात महिना अघि पिताम्बर पुन घरेलु राखेपमा फर्किए, उपाध्यक्षको जिम्मेवारी सहित । राखेपमा उपाध्यक्ष ‘सेरोमोनियल’ पद हो । तर उपाध्यक्षमा फर्किए लगत्तै तिम्सिनाले भनिहाले, ‘म सदस्य सचिव हुने गरि राखेपमा फर्किएको हो । अर्थात अबको सदस्य सचिव म नै हो ।’

शक्तिको अभ्यास गर्न रुचाउने चरित्रका तिम्सिनालाई उपाध्यक्ष पदले सकस दिएको छ । ‘कार्यकारी भुमिका अब नदिने हो भने म उपाध्यक्षबाट राजीनामा दिनेछु । कि राखेपको कार्यकारी अधिकारी उपाध्यक्षमा सार्न पर्यो अथवा सदस्य सचिवमा मलाई नियुक्त गर्नुपर्यो ।’ अहिले उनी त्यस्तो वताउन थालेका छन् । प्रधानमन्त्री केपी ओलीसंग अत्यन्त निकट सम्बन्ध रहेको दाबी गर्ने तिम्सिनाले राखेप सदस्य सचिवमा आफ्नो दाबेदारिता खुल्ला रुपमा ब्यक्त गरेका छन् ।

रमेश शिलवाल
पाटी नेतृत्वमा केपी ओली स्थापित भईसकेका थिएनन् । उनी पार्टीभत्र सानो गुटको नेतृत्व गर्थे, प्रतिपक्षकै भुमिकामा सिमित थिए । त्यही समय मदन भण्डारी फाउन्डेशनको स्थापना गरेर रमेश शिलवालले केपी ओलीलाई खेलकुदसंग जोड्ने काम गरे, सार्वजनीक फोरम उपलब्ध गराए । ओली विस्तारै पार्टी नेतृत्व हुदै राष्ट्रिय राजनीतिमा आफुलाई स्थापित गर्न सफल रहे । पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुदाँ सिलवालले सचिवको रुपमा काम गरेका थिए ।

राजनीतिक यात्रामा सधै नजिक रहेर काम गरेको शिलवाल प्रधानमन्त्री ओलीका विश्वासीला पात्र मध्येका एक हुन् । खेलकुद र शिक्षा क्षेत्रको बिषयमा गरिने निर्णयमा प्रधानमन्त्री ओलीले शिलवालसंग सल्लाह लिने गरेको तत्कालिन एमाले निकट नेताहरु बताउँछन् । उनै शिलवाल यतिबेला राखेपको सदस्य सचिवका सबैभन्दा बलियो प्रत्यासी बनेका छन् । उनी पनि अहिले प्रधानमन्त्री ओली काहा लविङका लागि पुगिरहेका छन् ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले शिलवालकै नेतृत्वको क्यानको तदर्थ कमिटि गठन गरेको थियो । शिलवालकोे शिक्षा क्षेत्रमा समेत बलियो पकड छ । नीजि विद्यालयको छाता संगठन हिसानका अध्यक्ष समेत रहेका शिलवालले शिक्षा क्षेत्रमा समेत ठुलो प्रभाव जमाएका ब्यक्ति हुन 

दानबहादुर तामाङ
उनी भने तत्कालिन माओवादी निकट हुन् । पार्टीको खेलकुद संगठनको नेतृत्व तत्कालिन एमालेको पोल्टामा परेको अवस्थामा सदस्य सचिव आफुहरुको हुनुपर्ने भन्दै तत्कालिन माओवादी निकट नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग लबिङ केही पहिले नै गरेका थिए ।

संगठनको नेतृत्व एमालेको भागमा परेको कारण पन िसदस्य सचिव माओवादी तर्फवाट बनाउनु पर्ने उनीहरुले बताईरहेका छन् । यस्तो बेला दानवहादुर तामाङ पहिलो रोजाईमा पर्ने चर्चा खेलकुद परिषदभित्र हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस