राष्ट्रियसभा सदस्यमा कोमल वली निर्विरोध

बुधबार, १० माघ २०७४, १७ : ४७
राष्ट्रियसभा सदस्यमा कोमल वली निर्विरोध

काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशका ८ स्थानका लागि ११ जनाको उमेदवारी परेको छ । महिलातर्फ ३ राष्ट्रिय सभा सदस्यका लागि एमालेबाट कलाकार कोमल वली दाङ, एमालेको प्रवास विभागमा रहेर काम गरेकी मिना बुढा रोल्पा र नेपाली कांग्रेसकी निवर्तमान सभासद अनिता देवकोटा दाङको मात्र उमेदवारी परेको छ ।

३ सदस्यका लागि ३ जनाको मात्र उमेदवारी परेकाले दाबीविरोध नभएमा १५ गते उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । यस्तै खुला तथा अन्यतर्फका ३ जनामा एमालेका खिमलाल भट्टराई रुपन्देही, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का अर्घाखाँची, नेपाली कांग्रेसका दुर्गा प्रसाद उपाध्याय रुपन्देही र राष्ट्रिय जनमोर्चाका रश्मीराज अधिकारी (नेपाली) दाङले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै दलिततर्फको १ सदस्यमा एमालेका राम लखन चमार पश्चिम नवलपरासी र नेपाली कांग्रेसबाट मैकुलाल बाक्मीकी बाँकेको उमेदवारी परेको छ । यस्तै, अपांग वा अल्पसंख्यकतर्फको एक सदस्यका लागि माओवादीका राजकुमार कुँवर रोल्पा र नेपाली कांग्रेसका लुटबहादुर खत्री बाँकेको उमेदवारी परेको निर्वाचन घोराहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस