चितवन च्याम्पियनसिपः हर्दि युवा समाज भण्डारा क्वार्टफाईनलमा प्रवेस

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, २० : ०२
चितवन च्याम्पियनसिपः हर्दि युवा समाज भण्डारा क्वार्टफाईनलमा प्रवेस

चितवन । हर्दि युवा समाज भण्डारा पाँचौ चितवन च्याम्पियनसिप फुटबलनको क्वार्टरफाईनलमा प्रवेस गरेको छ । मंगलवार भएको खेलमा भरव स्पोर्टस क्लब नवलपुरलाई २–० ले पराजित गर्दै भण्डारा क्वार्टरफाईनलमा प्रवेस गरेको हो । 
भण्डारको जितमा जर्सि न १० का समिर तामाङ एक्लैले २ गोल गरे । उनले दोस्रो हाफको १७ औँ र ३० औँ मिनेटमा गोल गरेका थिए । मंगलवारको खेलमा म्यान अफ दि म्याच हर्दि युवा समाज भण्डाराका अनिस तामाङ बने । उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 
यस्तै हरेक दिन एक जना खेल हेर्ने दर्शकलाई दिईदै आएको मोवाईल उपहार भने ४२६८ नम्बरको टिकट खरिदकर्तालाई परेको आयोजक एभ्रेष्ट क्लबले जनाएको छ । हरेक दिन एक जना दर्शकलाई गोलाप्रथामार्फत मोवाईल उपहार दिदै आएको छ । 
प्रतियोगिता अन्तर्गत वुधवार रामपुर फुटबल क्लब रामपुर र सुन्धारा फुटबल क्लब काठमाण्डौ भिड्ने क्लबका सचिव विकास कोईरालाले जानकारी दिए । 
भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा जारी प्रतियोगितामा चितवनका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले १ लाख ५० हजार मेडल, प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । 


 

प्रतिक्रिया दिनुहोस