माडिको वसन्तपुर बजारका पसलहरुमा अनुगमन, २० केजि जेरी र रसवरी नष्ट

प्रकाश सिग्देल

मंगलबार, २८ जेठ २०७६, १९ : २१
माडिको वसन्तपुर बजारका पसलहरुमा अनुगमन, २० केजि जेरी र रसवरी नष्ट

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले माडि नगरपालिकाको विभिन्न क्षेत्रमा अनुगमन गरेको छ । कार्यालयका अधिकृत सुर्दशन पौडेलको संयोजकत्वमा गएको अनुगमन टोलिले माडि बसन्तपुरका १० वटा पसलहरुको अनुगमन गरेको हो । 
तीन नम्वर प्रदेशले पठाएको अनुगमन निर्देशिकामा आधारीत भएर माडिको बसन्तपुर बजारका होटल, किराना पसल, मिठाइ पस, मासु पसल र फर्नीचर विक्री कक्षको अनुगमन भएको पौडेलले बताउनु भयो ।

अनुगमनका क्रममा माडि नगरपालिका अगाडि भारतीय नागरिकले सञ्चालन गरेका दुई वटा मिठाइ पसलबाट २० केजि जेरी, केही पिस रसरवरी मिठाइ र ५ लिटर जती त्यसको रस नष्ठ गरिएको उहाँ बताउनुहुन्छ । नगरपालिका कार्यालय अगाडि रहेको फुला महतो मिठाइ पसल र गुरु नारायण मिठाइ पसलमा अनुगमन गर्दा अत्याधिक फोहोर भेटिएको रसबरीमा कमिला तथा माखा परेको भेटिएको र  जेरीमा अखाद्य हाइड्रो नामक पाउडर हालेर बनाएको भेटिएकाले सो परिणामको जेरी र रसवरी नष्ट गरिएको पौडेलले बताउनु भयो ।

टोलिले अनुगमनका क्रममा न्यु चितवन कोल्ड स्र्टोस, माडी चाउमिन, न्यू भुर्तेल किराना सप्लार्यस, शिव शम्भु मिठाइ पसल, अंगित रेष्टुरेन्ट, प्रिया खाजाघर, निसाव किराना पसल, फुला महतो मिठाइ पसल, गुरु नारायण मिठाइ र रिन्टु डेकोर होमकोे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सबैजसो व्यवसायी घरेलुमा दर्ता नभएको भेटिएको र उनीहरुलाई एक साता भित्र घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता हुन भनेको पौडेल बताउनु हुन्छ ।

माडिका होटल तथा मिठाइ पसलमा समस्या रहेको र अखाद्य वस्तु प्रयोग गरी खाद्य वस्तु बनाउने गरेको भेटिएको अनुगमन टोलिका सदस्य खाद्य निरिक्षक प्रदिप काफलेले बताउनु भयो ।

चितवनमा बजारमा कालोबजारी हुन नदिन र उपभोक्ता स्वास्थ्यमा विशेष ख्याल गरी उपभोक्ताको अधिकार रक्षाका लागि पशासनले अनुगमन लगायतका काममा निरन्तरता दिइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन फोकल पर्सन उमेशचन्द्र पन्थीले बताउनु भयो ।

माडिका व्यवसायीहरुलाइ सचेतना प्रदान गर्न उद्योग वाणिज्य संघ माडिले नगरपालिकासँग मिलेर पटक पटक अनुगमनहरु पनि गर्ने गरेको र निकुञ्जको अवरोधका कारण व्यवसायीलाई घरेलुमा दर्ता गर्न अफठ्यारो पर्ने गरेकाले माडिका अधिकांस व्यवसायीहरु घरेलुमा दर्ता हुन नसकेको उद्योग वाणिज्य संघ माडिका अध्यक्ष रेशम आचार्यले तुल्सीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस