तीन सय ४१ जना युवालाई उद्यमी तालिम

प्रकाश सिग्देल

सोमबार, २७ जेठ २०७६, १८ : ११
तीन सय ४१ जना युवालाई उद्यमी तालिम

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले तीन सय ४१ जना युवालाई उद्यमी तालिम दिएको छ । 
प्रदेश नम्वर ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, अन्तर्गतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले चालु आर्थिक वर्षभित्र ४ सय ६० जना युवालाई तालिम प्रदान गर्न बजेट विनियोजन गरेको थियो । त्यस बजेटबाट निर्देशनालयको कार्ययोजनाभित्रै रहेर हालसम्म तीन सय ४१ जनालाई तालिम दिइसकेको कार्यालयका प्रमुख रमेशकुमार कर्मचार्यले बताउनु भयो ।  
कार्यालयले प्रविधि हस्तान्तरण अन्तर्गत ११ जना उद्योगीलाई ८० प्रतिशत अनुदानमा १ लाखसम्मको उपकरण खरिदमा अनुदान प्रदान गरेको छ । उद्यमशिलता तालिम अन्तर्गत ७ वटा स्थानीय तहमा तालिम ६ वटा सम्पन्न भएको र एउटा अन्तिम चरणमा रहेको छ । उद्यमी सृजना तथा रोजगार तालिम ७ वटै स्थानीय तहमा सम्पन्न भएको छ ।


उद्योग प्रवद्र्धन अन्तर्गत ५ ठाउँमा ५० जनालाई तालिम दिएको र १० जना दृष्टिविहीनहरुका लागि सिपमुलक तालिम संचालन गरेको कार्यालयका प्रमुख शिक्षक नारायणदत्त त्रिपाठीले बताउनु भयो । दलित समुदायका लागि संचालित सर्वजित भगत कार्यक्रम ३ ठाउँमा, युवा उद्यमशिलता तालिम ३  ठाउँमा, सीप विकास एक ठाउँमा र अन्तरक्रिया २ ठाउँमा सम्पन्न भएको त्रिपाठी बताउनु हुन्छ ।
कार्यालयमार्फत सेवा प्रदायकले संचालन गर्ने गरी गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत ४ सय ३८ जना  नयाँ युवालाई तालिम र पुरानाहरुको स्तर उन्नतिका लागि २ सय १९ जना युवालाई तालिम प्रदान भएको  कार्यालय प्रमुख कर्मचार्य बताउनु हुन्छ ।
तालिम संचालनका लागि १ करोड ३१ लाख ४० हजार बजेट बिनियोजन भएको कार्यालयका लेखा शाखा प्रमुख नारायणप्रसाद लम्सालले बताउनु भयो । यो कार्यक्रम माडी, कालिका, राप्ती र इच्छाकामनामा संचालन भएको उहाँ बताउनु हुन्छ । 
सहकारीमार्फत प्लास्टिकको झोलाको विकल्पका रुपमा कपडाको झोला उत्पादन गर्ने तालिम २ ठाउँमा सम्पन्न भएको र २ ठाउँमा तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो । इच्छाकामना गाउँपालिका र खैरहनी नगरपालिकामा स्थानीय उपज बिक्री कक्ष निमार्णका लागि ५÷५ लाख बजेटको कार्यक्रम रहेको र  त्यसका लागि स्थानीय तहसँग सहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस