सबै गाऊँ काकाकुल, जनावरदेखि मानिस फोहोर कुवाको भरमा

प्रकाश सिग्देल

विहीबार, २३ जेठ २०७६, १८ : ४३
सबै गाऊँ काकाकुल, जनावरदेखि मानिस फोहोर कुवाको भरमा

नवलपुर । पानी मानिसको जीवनमा अती आवश्यक चिज हो । पानी बिना न मानिस बाच्न सक्छ । न यो धर्तीका सबै जीव र प्राणीहरुको अस्तित्वनै बाँकी रहन्छ । भनिन्छ मानिसको शरिरमा ६६ प्रतिशत पानी हुन्छ । अझ हामी त पानी नै पानीको देशका नागरिक, यो नेपाल जलश्रोतको दोस्रो धनि मुलुक हो । तर यही देशका धेरै गाँउवस्तीहरुमा खानेपानीको अभाव छ । पानी लिनका लागि घण्टौ धाउनु पर्ने बाध्यतामा कयौँ गाऊँवस्तीहरु रहेका छन् । 

त्यस्तै पिउने पानीको अभावमा छट्पटिएको एउटा वस्ती हो नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्वर ३ को भुजेल गाऊँ । जहाँ वर्षाँैदेखि ४५ घरपरिवार खानेपानीको अभावमा पिरोलिरहेका छन् । ४५ घरका लागि गाऊँमा एउटा धारो पनि छैन । पानीको अभाव भएपछि स्थानीयहरुले गाँउमा रहेका साना कुवाहरुको भरमा आफ्नो प्यास मेटाउन बाध्य भएका छन् । गाऊँमा १०÷१२ वटा कुवा रहेको र कुवाको पानी पनि अति धमिलो हुने गरेको स्थानीयहरु बताउँछन् । मान्छे तथा पशुले त्यही कुहाबाट पानी खानु परेको स्थानीय बासिन्दाहरु बताउँछन् । पानी फोहोर भएकाले हरेक वर्ष झाडा पखला, हैजा, आँऊ जस्ता विविध स्वास्थ्य समस्याले सताउने गरेको स्थानीय वासिन्दा सुकबहादुर भुजेल दुखेसो पोख्नुहुन्छ ।
गाँउमा स्वास्थ्य चौकी पनि छैन सामान्य समस्या देखा परे करिव डेढ घण्टाको उकालो हुँदै ढोडेनी पुग्नु पर्ने हँुदा भुजेलवासी स्वास्थ्य समस्या पालेरै बस्न बाध्य भएको स्थानीय बासिन्दा  रमेश भुजेल बताउनु हुन्छ । यो गाऊँको मुख्य समस्या नै पानी भएको स्थानीयहरुको भनाइ छ । त्यहाँको अवस्थाले पनि त्यस्तै देखाउँछ । गाऊँमा एउटा पनि धारो छैन । धमीलो र फोहोर पानीले भरिएको कुवा छ जुन कुवा जंगली जनावर, र पालुवा जनावरदेखि मानिस सबैले प्रयोग गर्ने गर्छन् । ‘गाँउमा घुम्न आउनेहरुले तपाईहरुले यस्तो फोहोर पानी खानुहुन्छ भनेर सोध्ने गर्नुहुन्छ कतिलाई जवाफ दिने जतिलाई सुनाए पनि समस्या समाधान हुदैन्’ स्थानीय फुलमाया राना दुखेसो गर्नुहुन्छ । ‘पानीकै कारणले गाँउमा झाडा पखलाको महामारी छ तर के गर्ने यो पानी नखाए मर्नु पर्छ ।’

स्थानीयले जनप्रतिनिधिसँग पटक पटक आग्रह गरेको बताएका छन् । तर पनि समस्या समाधानमा त्यती चासो नभएको होकी भनेर चिन्ता गर्छन् ।  गैंडाकोट नगरपालिकाको सिर भनेर चिनिने पहाडी वस्तीमा यो काकाकुल अवस्था हँुदा पनि नगरपालिकाले पानीको व्यवस्थापनमा चासो दिन नसक्नु स्थानीयकोे समस्यामा लापरवाही गरेको प्रष्ट बुझन सकिन्छ । गैंडाकोट नगरपालिका वडा नम्वर ३ का अध्यक्ष शिवकान्त तिवारीले खानेपानीका लागि काम सुरु गरी छिट्टै पानीको व्यवस्था गर्ने बताउनु हुन्छ । उहाँँले अबको केही समयमा प्रत्येकको घरमा धारो पु¥याउने लक्ष रहेको बताउनु भयो ।


 

प्रतिक्रिया दिनुहोस