प्रदेश ३ समन्वय परिषदको बैठक सर्‍यो

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, ०९ : २६
प्रदेश ३ समन्वय परिषदको बैठक सर्‍यो

काठमाडौं । एक अर्काे प्रदेशका बीच समन्वय गर्ने र सहकार्यका साथ अगाडी बढ्ने उदेश्यले बस्न लागेको प्रदेश समन्वय परिषद बैठक सरेको छ । मकवानपुरको हेटौडामा जेठ २४ र २५ गते बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै मुख्यमन्त्री कार्यालयले सारेको हो । अब उक्त बैठक जेठ २९ र ३० गते बस्ने छ ।

‘हेटौडा उपहानगरपालिका ४ मा रहेको हेटौडा पार्टी प्यालेसमा जेठ २९ र ३० मा बस्ने गरी बैठकको मिति विशेष कारणवश संसोधन गरिएको छ’  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव ले सूचना जारी गरी जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस