नाकको डाँडी भाँच्ने धम्कीप्रति पत्रकार महासंघको आपत्ति

क्षमायाचना गर्न मेयर चौधरीलाई नेकपा नेताहरुको आग्रह

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १५ : १३
नाकको डाँडी भाँच्ने धम्कीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा महासंघले उक्त घटनाको घोर भत्र्सना गरेको तथा पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए । धम्की दिएको समाचार बाहिर आएपछि पनि पत्रकार अनुपमलाई मेयर चौधरीले फेरि फोन गरी ‘आफ्नो सुरक्षा गर’ भन्दै धम्काएका छन् ।

आत्मालोचना गर्न आग्रह
प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन्। ‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छ’, मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ।’

अर्का नेता योगेश भट्टराईले चौधरीका कतिपय अभिव्यक्ति उनको राजनीतिक उचाइलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन्। भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई विनम्र अनुरोध गर्दछु।ु

मेयर चौधरीको भनाइ
खासमा पत्रकारहरु मेरो शत्रु होइनन् । तर मलाई एक वर्षदेखि पागल, बद्‌मास लगायत तथानाम गाली गलौज गरेर उनीहरुले सताइरहेका छन् । मलाई थाहा छैन किन यसरी उनीहरु ममाथि सुरुमा खनिए रु मैले धेरै सहेँ, सहिरहेँ । उनीहरु बारम्बार कलम र माइकको दुरुपयोग गरिरहे । तर जब सहनुको पनि सीमा नाघ्यो अनि मेरो आक्रोश बाहिर आयो ।
हो मैले पत्रकारहरुलाई धम्की दिएकै हो। पत्रकार पनि कस्ता(कस्ता । कोही पार्टीका कार्यकर्ता जस्ता कीही व्‍यापारिक प्रयोजनले कोही पैसा माग्‍ने जस्ता । कोही पैसाको लागि मात्रै तगेदा गर्ने जस्ता। कोही जानीजानी यो मेयरलाई सन्काउनु पर्छ, विवादमा ल्‍याएर बद्‍नाम गर्नुपर्छ भन्‍ने प्रवृत्तिका ।
पत्रकारहरु के खान्छन् हौरु जहिले उल्टो उल्टो प्रश्‍न मात्रै गर्ने रु उनीहरुको पनि आचारसंहिता होला नि रु तस्करीसँग मिल्‍ने पत्रकारहरु जिल्लामा छन्। उनीहरुको कुरा गराइले नै मलाई थाहा हुन्छ । नैतिकता बिर्सेर कुनै जनप्रतिनिधिलाई पागल भन्न मिल्छ रु
कर्मचारीहरु आजदेखिको हो र घुस्याहा रु नगरपालकालिका, गाउँपालिका, जिल्ला विकास, अञ्‍चल कहाँ कहाँ छैन  घुस्याहा रु सब कर्मचारीलाई तह लगाउँछु भन्दा कर्मचारीहरुले पत्रकारको साहारा लिन्छन् र मविरुद्ध प्रश्‍नहरु गर्न लगाउँछन्। अब म भ्रष्टाचारी कर्मचारीको प्रश्‍न गर्ने पत्रकार होइन उनीहरुलाई चाटुकार भन्दै आएको छु। किनकी उनीहरु  दिनभरी व्‍यापारीकहाँ र साँझमा  पत्रिका, स्क्रीनमा चटकी रुपमा समाचार सम्प्रेष गर्दै आएका छन् । मैले त भनेकै छु नि । पीत पत्रकारिता गर्ने पत्रकारहरुको नाकको डाँडी भाँच्छु, भाँच्छु । 
मलाई फोन गरेर धम्क्याउने, कज्याउने काम उनीहरुले नगरे हुन्छ। के पत्रकार भगवान हो र उसले लेखेको, बोलेको सबै ठीक हुन्छ रु कलम र माइक पायो भन्दैमा  मनमा  जे लाग्यो, जसले पैसा दियो उसकै पक्षमा लेख्‍ने, बोल्ने रु के यही हो पत्रकारिताको धर्म रु खोइ उत्तरदायित्व उनीहरुको ? कर्मचारीहरुसँगै पत्रकारहरु पनि भ्रष्ट पो हुन थाले ।
निष्पक्ष, सत्य, तथ्य लेखोस् न।कर्मचारीले दिनदिनै सेवाग्राहीला ठगेको समाचार खै लेखेको रु एउटा थारुको छोरालाई यत्रो विधि हेप्‍ने रु यो तरिका हो रु पत्रकारको काम हो यो रु यदि यस्तो हो भने अब नाक भाँच्‍ने काम हुनेछ । बुझे हुन्छ पीत पत्रकारले ।

प्रतिक्रिया दिनुहोस