प्रदेश ६ मा ढुक्क छैन एमाले

पत्रपत्रिकाबाट

बुधबार, १० माघ २०७४, ०७ : १९
प्रदेश ६ मा ढुक्क छैन एमाले

६ नम्बर प्रदेश संसद्मा एमालेको हिस्सा ५० प्रतिशत छ । कुल ४० मध्ये २० सिट एमालेसँग छ । तर, वाम गठबन्धनको भागवण्डा क्रममा प्रदेश सरकारको नेतृत्व पाउनेमा एमाले ढुक्क देखिँदैन ।
संभवतः त्यसैले उसले सोमबार संसदीय दलको बैठकबाटै सरकारको नेतृत्व दाबी गरेको छ ।

एकालेका सतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले प्रदेश सरकारको नेतृत्व दावी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षणसमेत गराउने निर्णय गरियो, प्रदेश सहसंयोजक यामलाल कँडेलद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस