१४ वर्ष देखि दाम्लोमा बाधिदै बालक: गरीबिका कारण उपचारमा समस्या

प्रकाश सिग्देल

आइतबार, १९ जेठ २०७६, १९ : ०६
१४ वर्ष देखि दाम्लोमा बाधिदै बालक: गरीबिका कारण उपचारमा समस्या

चितवन । बालक लाई पशुलाई जस्तै गरि बाधेर राखिन्छ त्यो पनि बर्षौ वर्ष सम्म । तर पनि रुदैन कसैको मन रुन्छत केवल उहि बाधिन बाध्य भएका तिनै बालकको जो पशु जस्तै दाम्लोमा बाधिएर मरेतुल्य जिवन बाचिरहेका छन्  । मानसिक अवस्था सन्तुलनमा नरहेको भन्दै एक बालक लाई १४ वर्ष देखि पशुलाई जस्तै गरी दाम्लोले बाधेर राखिएको छ । गैडाकोट नगरपालिका ३ ढोडेनी भुजेल गाउका मदन भुजेललाई अभिभावकले १४ वर्ष अगाढी देखि घरको खामोमा नाम्लोको डोरीले बाधेर राख्ने गरेका हुन् ।

डेड वर्षको उमेर देखि अतिनै धेरै चकचक गर्ने , जे देख्यो त्यसैले जसलाई पायो त्यसैलाई हिकाउने बच्चाहरुलाई जे पायो त्यसैले पिटिदिने, सामान टोडफोड गर्ने जता ततै दौडने भिर पाखा खोला नाला जताततै हाम फाल्ने  , नबोल्ने दिसापिसाव जतापायो तेतै गर्ने भएपछि उसलाई नियन्त्रण गर्न नसकेकाले दाम्लोले बाधेर राखिएको  बुबा सुक बहादुर भुजेलले बताउनु भयो । डेड वर्ष देखि बालक लाई यसरी बाधेर राख्नु परेको भुजेल बताउनु हुन्छ ।  आफुले केहि वर्ष अघि चितवनको भरतपुर स्थीत चितवन मोडल हस्पिटलमा लगेर १९ दिन बसेर उपचार गराएको र हस्पिटलले पनि खासौ केहि कुरा नगरी घरमै राखेर औषधी खुवाउनु सन्चो हुन्छ भनेर पठाएको तर जति औषधी खुवाएपनि केहि पनि कमी नभएको भुजेल बताउनु हुन्छ ।

भ्ुाजेल परिवार सामान्य खेतिकिसान गरेर डाला नाग्ला बेचेर घर खर्च चलाउदै आएको छ । पारिबारिक आर्थीक अवस्था सवल नहुदा छोराको उपचार कठिन भएको र छोराकै हेर बिचार गरीरहनु परेकाले घरबाहिर गएर श्रम गरेर आर्थीक जोहो गर्न समेत कठिन भएको भुजेलले बताउनु भयो ।

भुजेलका १ छोरी र २ छोरा छन् जस मध्य दाम्लोमा बादिएका बालका मदन भुजेल कान्छा छोरा हुन् ।  उनि रातदिन यसरीनै दाम्लोमा बाधिएर १४ वर्ष बिताईसकेका छन् । बाकि यिनको जिवन अझ कति कष्टपुर्ण होला यो पिडा कि तिनै बालकलाई थाहा होला कि भगवानलाईनै । बाल अधिकारका यति धेरै चर्का भजन गाउनेहरुको नजरमा यी बालकको यो कारुणिक अवस्था किन परेन ? कहा छन् बालअधिकार कर्मी जसले सदरमुकाम बसेर बालअधिकारका नाममा आएका बजेत सकेर मन्चमा चर्का भाषण गर्छन् । तिनलाई यि बालकको आसुले किन पोल्दैन । कहि कतैबाट आर्थीक सहयोग भए वा कोही संघ संस्थाले कहि कतै लगेर आफनो छोरालाई निकोबनाएर ल्याई दिए हुन्थ्यो भन्ने आसा राख्छन् सुकबहादुर । गरिबिकै  पिडिाका कारण यसरी बालक वषौ वर्ष पशु सरह बाधिएर बस्नु परेको छ ।

गैडाकोट नगरपालिका भएपनि ढोडेनी बिकट ठाउ भएकै कारण ति बालकको उपचारमा अझै सम्म कहि कतैबाट सहयोग हुन नसकेको र मिडियाको सहज पहुच नहुदा पनि उनको यो अवस्था बाहिर आउन नसकेको स्थानियहरु बताउछन् ।

बालकलाई बन्दन मुत्त बनाएर उपचारमा सहयोग गरीदिन स्थानिय छिमेकीहरुले समेत माग गरेका छन् ।  

गैडाकोट ३ का वडा अध्यक्ष शिबकान्त तिवारी ले मानसिक सन्तुलन गुमेको कारण परिवारले बच्चालाई बाधेर राखेको बताउनु भयो ।

वडाको तर्फबाट उसको उपचारमा वडाले सहयोग नगरेको तर   केहि ब्याक्ति संघ संस्थाको सहयोगमा उपचार भएपनि उपचार पछि निको नभएको उहाले बताउनु भयो । सामान्य अस्पतालमा लादा निको नहुने  ठुला अस्पताल लान सक्ने  आर्थीक अवस्था पविारको नभएकै कारण समस्या समाधान नभएको तिवारी बताउनु हुन्छ । 


 

प्रतिक्रिया दिनुहोस