रंगशालाको बार भत्काउनेलाई रिहाइको माग गर्दै धर्ना

उर्गेन तामाङ

आइतबार, १९ जेठ २०७६, १७ : १८
रंगशालाको बार भत्काउनेलाई रिहाइको माग गर्दै धर्ना

चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा लगाईएको बार भत्काउन सहयोग गर्ने असन्तुष्ट स्थानीयहरुले धर्ना सुरु गरेका छन । रंगशाला परिसरको सडक निकास र पक्राउ परेकाहरुको रिहाईको माग गर्दै उनीहरु भरतपुर महानगरपालिका वडा नम्बर १६ को कार्यलयमा आइतबारबाट धर्नामा बसेका हुन । 
आप्mनो माग संवोधनका लागि दवाव दिन अनिश्चितकालीन धर्ना सुरु गरिएको १६ नम्बर वडाका असन्तुष्ट स्थानीय रामचन्द्र वस्ताकोटीले बताए । उनले माग सम्बोधनका लागि पटकपटक छलफल गरे पनि सम्बन्धीत पक्षले चासो नदिएको आरोप लगाएका छन । 
आक्रोसमा आएर तारबार भत्काउने कार्य भए पनि आफूहरु पीडित रहेको स्थानीय चन्द्रकला रामदामको भनाइ छ । उनले अहिले समय छँदै समस्या सम्बोधन नभए सुकुम्वासी हुने सम्भावना रहेकाले माग पुरा नभएसम्म धर्ना अभियान जारी राख्ने बताएका छन । 
धर्नामा बसेकाहरुले पक्राउ परेका १८ जनालाई विनासर्त रिहा गर्न पनि माग गरेका छन । उनीहरु पक्राउ परेकालाई विनासर्त रिहा गर, रंगशाला बनाउनैपर्छ, बाटोको माग सम्बोधन गर लगायतका प्लेकार्डसहित शान्तिपूर्ण धर्नामा बसेका छन । 


यसैबीच १६ नम्बर वडा अध्यक्ष चतुरमान गुरुङले स्थानीयको मागका बारेमा महानगरसम्म पुगिसकेकाले वडाबाट केही गर्ने अवस्था नभएको बताएका छन । यो विषय वडाभन्दा माथिल्लो तहबाट सम्बोधन हुनुपर्ने वडा अध्यक्ष गुरुङको भनाइ छ । 
गएको बुधवार असन्तुष्ट स्थानयले रंगशाला परिसरमा लगाइएको जस्तापातासहितको तारबार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनले केही दिन निर्माण कार्य स्थगित गरको थियो । त्यसपछि भएको विभिन्न छलफलबाट निर्माण कार्य नरोक्ने र स्थानीयले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि निर्माण कार्य सुरु भए पनि असन्तुष्ट स्थानीयले भने वडा कार्यालयमा धर्ना सुरु गरेका छन । 
यसअघि शनिवार विहान महानगर प्रमुख रेनु दाहालले रंगशाला परिसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्थानीयको भावना विपरित महानगर अघि नबढ्ने आश्वसन दिएका थिए । भरतपुर महानगरपालिका १५ रामपुरमा बन्ने रंगशाला निर्माण पूर्वका विभिन्न काम भइरहेको छ भने देश तथा विदेशमा आर्थिक संकलन अभियान पनि सञ्चालन र्भरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस