ट्रेलरमा यस्तो देखियो श्वेता र दयाहाङको ‘कान्छी’

मंगलबार, ०९ माघ २०७४, १७ : ५५

ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । निर्देशन आकाश अधिकारी हुन् ।

ट्रेलर हेर्दा फिल्म प्रेम-रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ । फिल्मलाई हास्यरसयुक्त बनाइएको पनि छनक मिल्छ । मुस्ताङको दृश्यलाई पृष्टभूमिमा राखेर बनाइएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

फागुन ४ मा देशव्यापी सार्वजनिक हुने फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको निर्माणपक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस