प्राइम लाइफ इन्स्योरेन्स र सिदार्थ क्यापिटलबीच सम्झौता

आइतबार, २६ कार्तिक २०७४, १८ : ३१
प्राइम लाइफ इन्स्योरेन्स र सिदार्थ क्यापिटलबीच सम्झौता


 काठमाडौं । हकप्रद शेयर जारी गर्ने विषयमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र सिदार्थ क्यापिटल लिमिट्डबीच सम्झौता भएको छ । वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार साविकको एक सय साठी प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने कार्यका लागि आइतबार प्राइम लाइफ इन्स्योरेन्स कं। लि। र सिद्धार्थबीच सम्झौता भएको हो ।

सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कं। लि। को तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार भट्टराई र सिद्धार्थका तर्फबाट प्रमूख कार्यकारी अधिकृत ध्रूव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चूक्ता पुंजी रु। १ अर्ब ५८ करोड ६५ लाख २० हजार  हूने समेत कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस