गडुवा मृत्यु प्रकरण

गडुवा मृत्यु प्रकरणः श्रेष्ठको पोसमार्टमपछि अन्त्येष्टी (यसरी बन्यो रहस्यमय)

उर्गेन तामाङ

सोमबार, १३ जेठ २०७६, २१ : ०३
गडुवा मृत्यु प्रकरणः श्रेष्ठको पोसमार्टमपछि अन्त्येष्टी (यसरी बन्यो रहस्यमय)

उर्गेन तामाङ
चितवन । चितवन कालिका नगरपालिका १ गडुवाका रहस्यमय मृत्यु भएका ४८ वर्षीय कुमार सिं श्रेष्ठको सोमवार अन्त्येष्टी गरीएको छ । आज विहान भरतपुर अस्पतालमा सवको पोसमार्टम गरेपछि परिवारले जिम्मा लिएर अन्त्येष्टी गरेको प्रहरीले जनाएको छ । 
घट्ना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ । पोसमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको छ । ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक सन्तोस आचार्यले सवै कोणबाट अनुसन्धान भईरहेको बताएका छन । श्रेष्ठ आईतवार विहान आफ्नै  घरको कोठामा सुतेको अवस्थामा मृत फेला परेका थिए ।

यसरी बन्यो रहस्यमय
घट्नाबारे आईतवार बिहान ६ः३० बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय टाडीबाट गएको प्रहरीको टोलीले घट्नास्थललाई सिल गरी अनुसन्धान सुरु गरेको थियो । प्रारम्भीक अनुसन्धानका क्रममा मृतक श्रेष्ठ सुत्ने कोठाभित्र एउटा इटा ४ टुक्रा भएको अवस्थामा फेला परेको र परिवारका अन्य सदस्यको भनाईका आधारमा घट्ना संकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको थियो । 
मृतकको सरिरमा कुनै चोट पटक नलागेको भए पनि उनका छोराले बुबाले सँधै लगाउने सिक्रि र औँठी नभएको बताएपछि चोरले घट्ना घटाएको अनुमान गरी प्रहरीले थप अनुसन्धान गरेको थियो । छोरा सुमन श्रेष्ठका अनुसार मृतक श्रेष्ठले करिव ७ तोलाको सिक्रि र औठी लगाएका थिए । चोरले गहनाका लागी हत्या गरेको हुसक्ने आशंका स्थानियको छ । 
अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक राज कुमार श्रेष्ठका अनुसार सरिरमा कहिँकतै चोट नदेखिए पनि गाला र कपडाका एक दुई स्थानमा रगत देखिएको छ । उनका अनुसार मृतकको शरिरमा कतै चोटपटक नदेखिकाले कोठाभित्र भेटिएको ईटाको प्रयोग पनि नभएको पाइएको छ । घट्नास्थलबाट आवश्यक अनुसन्धानका सम्भावित कपडा, इटा लगायत विभिन्न सामाग्री सुरक्षीत राखिएकाले थप अनुसन्धान गरीले इप्रका डाँडीका डिएसपी सन्तोष आचार्यले बताए । 
कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठ, मृतकका आफन्तको रोहवरमा प्रहरीको टोलीले घट्नास्थलको सुक्ष्म अनुसन्धान गर्दा कुनै प्रमाण फेला पर्न सकेन । मृतक श्रेष्ठका छोराले भनेजस्तो सिक्रि र औठी पनि नभेटीएपछि चोरीका क्रममा घट्ना भएको आशंका गरीएको छ । 

कुकुर अनुसन्धान
सुक्ष्म अनुसन्धानका लागी प्रहरीले हेटौँडाबाट तालीम प्राप्त कुकुरसहितको टोली बोलाएको थियो । ज्याक नामको कुकुर लिएर प्रदेश प्रहरी कार्यालय हेटौँडाको कुकुर शाखाबाट प्रहरी सहायक निरीक्षक लाल बहादुर मगरसहितको टोली आईतवार विहान करिव १० बजेको समयमा घट्नास्थलमा आएर अनुसन्धान अघि बढायो । 
कुकुरले घट्ना भएको घरबाट साढे २ किलोमिटर दुरीमा रहेको खुकुरी चोकसम्म सुंघ्दै गएको र चौबाटोमा पुगेर अलमलिएपछि तत्कालका लागी कुकुरसहित अनुसन्धान टोली त्यहिबाट फिर्किएको थियो । 

दोषी पत्ता लगाउन माग
स्थानियका अनुसार मृतक श्रेष्ठ घर नजिकै रहेको एक होटलमा छिमेकि साथीहरुसँग राति अबेरसम्म मादक पदार्थ सेवन गरी बसेका थिए । घट्नाको सुक्ष्म अनुसन्धान गरी दोषी देखिए कार्वाहि गर्न स्थानियले माग गरेका छन । 

पारिवारीक अवस्था
मृतक श्रेष्ठका परिवारमा श्रमती, ३ छोरा, २ बुहारी, २ जना नाती र आमा रहेका थिए । मृतकका श्रीमती, २ छोरा र एक बुहारी आफन्तकहाँ काठमाण्डौँ गएका थिए भने उनका आमा यसअघि देखिनै कालिका नगरपालिका १ मा बहिनीसँग बस्दै आएको बताईएको छ । एक छोरा र बुहारी घरको माथिल्लो तलामा बस्दै आएको बताईएको छ । स्थानियका अनुसार मृतक श्रेष्ठ केहि वर्ष अघिसम्म जग्गा सम्बन्धी काम गर्नेगरेकामा हाल केरा खेती गर्नेगरेका थिए । 

प्रतिक्रिया दिनुहोस