फोटो नहाले जागिर चट !

सोमबार, १३ जेठ २०७६, १९ : ४२
फोटो नहाले जागिर चट !

काठमाडौं । चीनको एउटा कम्पनीले आफ्ना कामदारका लागि अनौठो नियम ल्याएको छ। मेडिकल सौन्दर्य प्रसाधन उत्पादन गर्ने कम्पनीले कामदारलाई सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गर्न आदेश दिएको छ।

‘वी च्याट’मा कामदारले आफ्नो प्रेमी वा प्रेमिकाको तस्बिर हाल्नुपर्नेछ। कम्पनीको नारा ‘साँचो प्रेमको साक्षी’लाई मूर्त रूप दिन उसले यस्तो नियम ल्याएको हो। कम्पनीले भनेको छ– ‘जसले आफ्नो मायालुको तस्बिर सामाजिक सञ्जालमा हाल्दैनन्, उनीहरूको जागिर जानेछ।’ 

कम्पनीले जारी गरेको यस्तो सूचनालाई चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन्। चिनियाँ सामाजिक सञ्जाल ‘सिना वीइबो’ मा एक जना प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘कम्पनीले कामदारको अपमान गरेको छ। प्रेम व्यक्तिको नितान्त मौलिक मामिला हो। कम्पनीले श्रम कानुनको पनि उल्लंघन गरेको छ।’ प्रायः प्रयोगकर्ताको भनाइ यस्तै छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस