नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

मंगलबार, १४ कार्तिक २०७४, १८ : ४९
नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित भएकि छिन् ।नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र “पंचायत ” ले “ बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

सानै उमेर देखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाव , छ एकान छ , नोटबुक , मसान , हाम्रो माया जुनी जुनीलाई ,निर्भय लगाएत पछिल्लो चलचित्र पंचायत हो ।

पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।

यसरि नेपाली चलचित्र अन्तर राष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठुलो सहयोग र अन्तरराष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस