पटिहानीमा पर्यटन प्रहरी कार्यालय स्थापना

उर्गेन तामाङ

शनिबार, ११ जेठ २०७६, १४ : ३६
पटिहानीमा पर्यटन प्रहरी कार्यालय स्थापना

चितवन । चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा पर्यटन प्रहरी कार्यालय स्थापना भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिवार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन् । 
कार्यालयको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटन प्रहरी कार्यालय स्थापना भएसँगै अब पर्यटकले यसअघि भन्दा धेरै धेरै सुरक्षीत महसुस गर्ने बताएका छन् । उनले पर्यटन प्रहरीलाई पर्यटनमैत्रि सेवा दिन निर्देशन पनि दिए । साथै उनले कार्यालय स्थापनासँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सरोकारवाला पक्ष सबैले पर्यटनमैत्रि सेवा दिनुपर्ने उल्लेख गरेका छन् । 
व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको नकरात्मक प्रभाव पर्यटकमा पर्ने भएकाले सबैले पर्यटनमैत्रि सेवामा जोड दिनुपर्नेमा महानिरीक्षक खनालले आग्रह गरेका छन् । उनले अब चाँडै स्थानीय तहसँगको समन्वयमा कार्यालय र आसपासका पर्यटकीय क्षेत्रमा सिसि क्यामेरा समेत जडान गर्ने बताए । 

कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले सरकारको भ्रमण वर्ष २०२० सफल पार्न कार्यालय स्थापनाले महत्वपुर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा प्रदेश नम्बर १, २ र ३ प्रहरी प्रमुख, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख, पर्यटन व्यवसायी लगायतको सहभागिता रहेको थियो । 

पर्यटकको सुरक्षालाई मध्यनजर गरी स्थापना गरिएको कार्यालयमा प्रहरी सहायक निरीक्षक दिपेन्द्र धितालको कमाण्डमा रहेका ६ जना प्रहरीले सेवा दिने छन् । ६ जनाको दरवन्दी भए पनि हाललाई भने ५ जनामात्रै रहने धितालले बताए । 


सेवा प्रवाहमा सहज्ताका लागि ६ वटा मोटरसाइकल र ६ सेट सञ्चार साधान (वकेटके) पनि कार्यालयका प्रहरीलाई हस्तान्तरण गरीएको छ । कार्यालयका प्रहरीले पटिहानी र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको तथ्यांक राख्ने, सुचना संकलन गर्ने, निगरानी गर्ने, पर्यटकका गुनासो, समस्या सुन्ने र सम्बन्धीत निकायसँग समन्वय गर्ने बताइएको छ । 

यस्तै पर्यटकलाई ठगि गर्ने, विभिन्न वाहानामा दुःख दिने र अनैतिक गतिविधि गर्नेलाई कारवाही गर्नेछन् । सो कार्यालयले सरकारको सय पर्यटकीय गन्तव्यमा परेको पटिहानीसहित आसपासका कसरा, घडगाई, गोलाघाट, मेघौली, जगतपुर, बाटुली पोखरी लगायतका पर्यटकय क्षेत्रमा सेवा दिने बताइएको छ । सो क्षेत्रमा पुगेका पर्यटकका लागि कार्यालयको टोल फ्रि न १०४ वा १०० वा मोवाईल न ९८५५०४६००२ मा सम्पर्क गर्न सक्ने कार्यालयका प्रहरी सहायक निरीक्षक धितालले बताए । 

प्रतिक्रिया दिनुहोस