शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने

प्रकाश सिग्देल

शुक्रबार, १० जेठ २०७६, १७ : ०६
शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने

चितवन । सहकारीको नाममा लुट धन्दा मच्चाई रहेको नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारीमा अनुगमन भएको छ । सहकारी प्रशिक्षालय भरतपुर चितवनले सो सहकारीको अनुगमन गरी फाइलहरु निरीक्षण गरेको बताइएको छ । कार्यालयका सुब्बा हरिप्रसाद तिमिल्सिनालाई अनुगमनमा पठाएको र आइतबार अनुगमन रिपोर्ट आउने र रिपोर्टका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने कार्यालयका प्रमुख टोलप्रसाद शर्माले बताउनुभयो । सहकारीले सहकारीका नाममा लुट धन्दा मच्चाई रहेको समाचार सफल खबरमा प्रशारित भएपछि कार्यालयले अनुगमन गरेको हो ।

मोटरसाइकल खरिदका लागी लोन प्रवाह गर्दै आएको सहकारीले सहकारी मुल्य र मान्यता विपरित आफूखुसि मनलाग्दी  हजर्ना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई रिसिव तथा बिल समेत नदिने गरेको हो । नारायणगढका विष्णु नारायण श्रेष्ठले सो सहकारीका लागि मोटरसाईकल खरिद गरे वापतको भुक्तानी दिँदा आफू ठगिएको थाहा भएपछि साथी नविन श्रेष्ठमार्फत हामीलाई गुनासो गर्नु भएको थियो । उहाँले तिर्नुपर्ने अन्तिम किस्ताको १२ हजार ३ सय ३५ रुपैयाँ तिर्न ६ महिना अर्थात २२० दिन ढिला भएको भन्दै सहकारीका सञ्चालक राजाराम श्रेष्ठले जरिवना तथा व्याज गरी १९ हजार ७ सय ५३ रुपैयाँ लिएका थिए  ।

२०७५ साल आसोज २५ गते तिर्नु पर्ने अन्तिम किस्ता वापतको १२ हजार ३ सय ३५ रुपैयाँ उनले २०७६ जेठ २ गते तिरेका थिए । त्यो बेला सहकारी सञ्चालकले १२ हजार ३ सय ३५ को १७.५ प्रतिशत व्याजवापत १ हजार ३ सय २, ६ महिना ढिला भए बापतको फेरी १२ हजार ३ सय ३५ को पुन १५ प्रतिशत पेनाल्टि व्याज गरी १ हजार १ सय १६ र १७ पटक ताकेता गरेको भनेर थप ८ हजार गरी सावा रकम १२ हजार ३ सय ३५ को १९ हजार ७ सय ५३ रुपैयाँ लिएको नविन श्रेष्ठले बताउनु भएको थियो ।

सञ्चालकले पैसा बुझाएको कुनै प्रमाण नदिने र शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखेको ऋण असुली पुर्जामात्रै  दिने गरेका थिए  । उनले त्यो पुर्जामा छाप समेत नहानि त्यसै दिने गरेका हुन भने पटक पटक ताकेता गरेको वा फिल्ड गएको बापतको रकम भनेर त्यही पुर्जाका पछाडी लेखेर पैसा असुली राज्यको आँखामा छारो हाली सहकारीका नाममा सेवाग्राही सोझा नागरिक ठग्ने काम गरेको पिडीत श्रेष्ठ बताउनु हुन्छ ।  सहकारी सञ्चालकको यो काम गराइ हेर्दा सहकारीका नाममा सिधै सेवाग्राही तथा राज्य लुटने खेलो भएको प्रष्ट देखिने उहाँ बताउनु हुन्छ । यो विषयमा बुझन कार्यालय पुग्दा राजाराम श्रेष्ठले अरु केही सेवाग्राहीलाई जम्मा पारी यस्तै धन्दा गर्दै थिए । श्रेष्ठसँग विल तथा रिसिव किन नदिएको छाप किन नहानेको यसरी सहकारी चलाउन मिल्छ ? भनेर प्रश्न गर्दा आफूले २० वर्षदेखि अहिलेसम्म यसरी नै चलाएको र सबैसँग  यसरी नै पैसा लिने गरेको बताए । सधैं यही पुर्जाका आधारमा आफूले कारोवार गर्ने गरेको बताउँदै उनले पिल तथा रिसिव केही नचाहिने र यहि पुर्जीका भरमा सबै काम हुने भन्दै आफ्नो गलत धन्दा लुकाउने खेलमा लागे । श्रीमान् श्रीमतीले मात्रै सहकारी चलाएको त्यो सहकारीका नाममा सोझा गरिव नागरिक लुट्ने थलो भएको आरोप सेवाग्राहीको छ । आफूले सहकारी डिभिजन कार्यालयमा पनि उजुरी गरेको तर त्यहाबाट पनि केहि नभएको पिडित श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस