वन्यजन्तुमैत्रि वरण्डाभार निर्माण गर्दै डिभिजन वन कार्यालय, चालु आर्थीक वर्षमा मुहान संरक्षण र घासेमैदान व्यवस्थापनको काम गर्दै

प्रकाश सिग्देल

मंगलबार, ०७ जेठ २०७६, १६ : ०३
वन्यजन्तुमैत्रि वरण्डाभार निर्माण गर्दै डिभिजन वन कार्यालय, चालु आर्थीक वर्षमा मुहान संरक्षण र घासेमैदान व्यवस्थापनको काम गर्दै

चितवन । डिभिजन वन कार्यालय चितवनले वन्यजन्तुमैत्रि वरण्डाभार निर्माण कार्यक्रम थालेको छ । वन क्षेत्रभित्रका सामुदायीक वनहरुमा तालमर्मत नयाँ निर्माण र घासेमैदान व्यवस्थापन गरी वन्यजन्तुमैत्रि वरण्डाभार निर्माण थालेको डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । त्यो बाहेक वन्यजन्तु र मानवबीचको द्वन्द्व निउनिकरणका लागि पनि आफूहरुले कार्यक्रम गरिरहेको पौडेल बताउनु हुन्छ  । स्विकृत वार्षिक कार्यक्रम अर्तगत वरण्डाभारभित्र ५ ठाउमा पोखरी निर्माण, राइनोताल, टाइगर ताल मर्मत नवजागृति सामुदायीक वनभित्र ताल निर्माण, सतन्चुली सामुदायीक वनभित्र दुई वटा ताल निर्माण र ईन्द्रेणी सामुदायीक वनभित्र पनि पोखरी निर्माण थालेको र त्यहाँ पनि घासेमैदान व्यवस्थापनको काम भएको पौडेल बताउनु हुन्छ ।

वरण्डाभार वन क्षेत्रभित्र वन्यजन्तुमैत्रि वातावरण बनाउन वासस्थान सुधार र मुहान संरक्षणको काम गरेको र आवधि क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरणका लागि मेश जालीको कार्यक्रम  अगाडि बढाएको कार्यालयका सुचना अधिकारी कृष्ण पौडेलले बताउनु भयो । डिभिजन वन कार्यालयको स्विकृती कार्यक्रम अनुसारको बजेट हुने र त्यो बजेट समुहलाई दिने समुहले नै सबै काम गर्ने पौडेले बताउनु हुन्छ ।  उहाँका अनुसार चालु आर्थीक वर्षभित्र वन्यजन्तुहरुका लागि पदमपुर सामुदायीक वनमा घासेमैदान व्यवस्थापनको काम पनि भएको छ । त्यस्तै चोरी तस्करी नियन्त्रणका लागि वनले विशेष अभियान थालेको प्रमुख पौडेल बताउनु हुन्छ । 

प्रतिक्रिया दिनुहोस