केकी र रीमाको ‘सी.ओ.डब्लू काउ’ सार्वजनिक(भिडियो सहित)

सोमबार, ०८ माघ २०७४, १६ : १४

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ ।

‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् ।

उनको साथमा गम्भिर बिष्ट, नायिका केकी अधिकारी र कलाकार विनोद न्यौपानेले गीतको भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो भिडियोको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । चलचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी छ ।

नायिका रीमा विश्वकर्मा र गम्भिर बिष्टलाई भने दर्शकले यो गीतको भिडियोमा मात्र देख्न पाउनेछन् । कमेडी कथामा यो चलचित्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस