मापदण्डविपरीत पशुपंक्षी ढुवानी गर्छन् व्यवसायी, हैरानमा पशु क्वारेन्टाइन

प्रकाश सिग्देल

शुक्रबार, ०३ जेठ २०७६, १७ : २३
मापदण्डविपरीत पशुपंक्षी ढुवानी गर्छन् व्यवसायी, हैरानमा पशु क्वारेन्टाइन

चितवन । पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय चितवन रामनगरले वर्ष ७६को एक महिनामा ५५ हजार बढी राजस्व संकलन गरेको जनाएको छ । राजस्व संकलन गर्ने निकाय नभएपनि पशुपंक्षी ढुवानी गर्ने व्यवसायीलाई ढुवानी मापदण्ड विपरीत ढुवानि गरेकाले त्यो बापतको जरिवनाबाट ५५ हजार रकम संकललन गरेको कार्यालयका प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो । एक महिनाको अवधिमा १७ वटा गाडीलाई कारवाही गरिएको उहाँ बताउनु हुन्छ । आफूहरुले कारबाहीसँगै व्यवसायीलाई  पशु ढुवानि मापदण्ड अतर्गत पशुपंक्षी ओसार पोसार गर्न  निर्देशन गर्ने गरेको र उनीहरुले ल्याएको निरोगीताको प्रमाणपत्र सही भए नभएको हेर्ने र नभएको खण्डमा निरोगिताको प्रमाणपत्र जारी गर्ने पशु चिकित्सकलाई समेत कारवाहीको सिफारिस गर्ने गरेको डा.पौडेल बताउनु हुन्छ ।

राँगा, भैँसी, बाख्रा कुखुरा, अण्डा, चल्ला लगायतका पशु र पशुजन्य पदार्थ ल्याउँदा पुर्ण रुपमा मापदण्ड पालना गर्न उहाँको आग्रह छ ।

पशुपंछीहरु ढुवानी गर्दा यातना हुने कार्यहरु, नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने । साना र ठुला पशुहरु राखी ढुवानि गर्ने कार्यहरु गर्न नहुने चेक पोष्टका पशु प्राविधिक पुर्णचन्द्र बताउनु हुन्छ ।  

त्यस्तै रोगी घाइते वा मरेका ठुला पशुहरु एकै ठाउँमा राखी ढुवानी गर्ने, पशुपंक्षीलाई यात्रुवाहक सवारीको छत तथा डिक्किमा राखेर ढुवानी गर्न नहुने उहाँको भनाइ छ ।

कसैले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६ को विपरीत पशु र पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको निकासी पौठारी गरेमा पचास हजार रुपैयाँसम्म जरिवना हुने डा. पौडेल बताउनु हुन्छ । आफुहरुले मापदण्ड विपरीत नाकमा डोरी बाधेर, पुच्छर बाधेर ढुवानी भएका पशुको घण्टौ लगाएर डोरी खोल्नु पर्ने बाध्यतामा रहेको समेत बताउनु भयो । थोरै जनशंक्तिका बीच रातदिन नसुती काम गर्नुपर्ने अवस्थामा आफूहरु रहेको कार्यालय प्रमुख डा.पौडेल बताउनु हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस