गैरे सेवा समाज जापान चितवनद्वारा सरदपुर माविलाई एक लाख सहयोग प्रदान

प्रकाश सिग्देल

विहीबार, ०२ जेठ २०७६, १९ : ३५
गैरे सेवा समाज जापान चितवनद्वारा सरदपुर माविलाई एक लाख सहयोग प्रदान

चितवन । सरदपुर माध्यामिक विद्यालय गौरीगन्जलाई एक लाख सहयोग प्रदान भएको छ । गैरे सेवा समाज जापान चितवनले विद्यालयमा अध्यानरत विपन्न तथा जेहेन्दार बिद्यार्थीका लागी छात्रबृति प्रदान गर्न सो रकम सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कंडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गैरे सेवा समाज जापान चितवनले सो रमक विद्यालयको अक्ष्यकोषमा रहने गरी सो सहयोग गरेको थियो ।  

सरकारी विद्यालयमा विपन्न अभिभावकका विद्यार्थी अध्यान गर्ने भएकाले ती विद्यार्थीलाई आर्थिक अभावमा शिक्षा लिनबाट बन्चित हुन नपरोस भनि सो रकम सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि तथा गैरे सेवा समाज चितवनका अध्यक्ष प्रेम गैरेले बताउनुभयो ।आफु पनि लामो समय शिक्षण पेसामा रहेर काम गरेको र सरकारी विद्यालय तथा विद्यार्थीको पिडा आफुलाई अनुभुति भएकाले आफ्नो छिमेकको विद्यालयले थालेको गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा केही भएपनि राहत प्रदान होस भन्ने हेतुले सो रकम सहयोग गरेको उहाँले बताउनुभयो ।  

गैरे सेवा समाज जापानका अध्यक्ष दिलिप गैरेले आफुहरुले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा पारी कामहरु गरेको र जापानमा रहेका गैरे बन्दुहरु देशप्रति सहयोग गर्न निकै उत्साहि भएकाले आफुहरुले देश व्यापी सहयोग अभियान जारी राखेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्राधानाध्यापक सषिधर पौडेलले गैरे सेवा समाजले निकै सार्थक र पुण्य काम गरेको बताउनुभयो ।

गैरे सेवा समाज जापानका लेखा समिति सदस्य रामप्रसाद गैरे गौरीले विद्यालयका विपन्न विद्यार्थीको सेवाका लागि आफुहरुले देशका धेरै विद्यालयमा सहयोग प्रदान गरेको बताउनुभयो ।

त्यस्तै गैरे सेवा समाज जापान चितवन र स्टार गु्रप ओसाका जापानले संयुत्त रुपमा श्री गौरीगन्ज माध्यामिक विद्यालय गौरीगन्जलाई पनि १ लाख सहयोग प्रदान गरेका छन् ।

विद्यालयको अक्ष्यकोषका लागि सो रकम सहयोग गरिएको स्टार ग्रुप ओसाका जापानका सल्लाहकार कमल कंडेलले बताउनुभयो । कार्यक्रममा गैरे सेवा समाज चितवन जापानका पदाधीकारी विद्यालय व्यवस्थापन समितिका अधिकारी शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो । आफुहरुले देशका धेरै जिल्लामा सहयोगका कार्यक्रम तिव्र पारेको र यस अघि पनि भुकम्प बाढि प्रभावित सबैका लागि सहयोग गरेको गैरे सेवा समाज चितवनका सचिव कुल प्रसाद गैरे मुस्कानले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस